चार वर्षको लामो प्रयासपछि मोबाइल सेटहरुमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस सुरु भएको छ।  आजदेखि नेपाल दूरसंचार प्राधिकरणले  एमडिएमएस  सुरु गरेको हो। नेपालमा चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेटहरुको आयात रोक्ने उद्देश्यका साथ प्राधिकरणले यो प्रणाली कार्यान्वयमा ल्याएको हो।

यस प्रणाली अनुसार अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ। यदि दर्ता नभएको खण्डमा ती मोबाइल सेट नेपालमा चल्दैनन्। प्राधिकरणका अनुसार यो प्रणाली लागू हुनुभन्दा अघिका मोबाइल स्वत: चल्नेछन् ने प्रणाली लागू हुनुभन्दा पछिका सबै मोबाइल दर्ता गर्नेपर्ने हुन्छ।मोबाइल किन्दा यो प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै खरिद गर्न प्राधिकरणले सूचना जारी गरेको छ।

प्राधिकरणले मोबाइल आयातकर्ता तथा बिक्रेतालाई पनि प्राधिकरणले स्वीकृत लिई दर्ता भएका मोबाइलमात्रै बिक्री गर्न निर्देशन दिएको छ ।नेपालमा लामो समयदेखि कानुनी बाटोबाट मोबाइल आयात गर्दै आएका आयातकर्ताहरुले चोरी पैठारी तथा गैरकानुनी आयात रोक्नका लागि सरकारलाई दबाब दिँदै आएका थिए।

यो प्रणाली लागू भएसँगै बजार ब्यवस्थित हुने तथा राज्यले चोरी पैठारीबाट गुमाउनुपरेको ठूलो धनराशी पनि सरकारी खातामा आउने मोबाइल फोन इम्पोर्टस एसोसिएसनका अध्यक्ष  दिपक मल्होत्राले बताए।बजारमा चोरी पैठारीबाट आएका मोबाइल किन्दा ग्राहकले महंगो मूल्य तिर्नुपरिरहेको भन्दै मल्होत्राले  अबको प्रणाली अनुसार मोबाइल सेट किन्दा ग्राहकले ठगिनु नपर्ने बताए।

Leave a Reply