साङ्गीतिक प्रस्तुति दिन जापान पुगेकी लोक तथा दोहोरी गायिका अमृता श्रीपाललाई यौन दुर्व्यवहार गरेको आरोप लागेका आरोपित माफी मागेका छन् । गायिकालाई स्पोन्सर गरी जापान लैजाने ओसाका कोबेस्थित धौलागिरि दोहोरी साँझका सञ्चालक धन थापाले आफ्नो गल्ती स्विकार्दै आत्मालोचनासहित माफी मागेका छन् । उनले माफी मागेसँगै देखिएको विवाद तत्कालका लागि साम्य भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापान शाखाका सदस्य कुलवीर थापा, मोना एसिया प्यासिफिक संयोजक दीपक कार्की, एनआरएन खान्साई संयोजक दिलीप शर्मा लगायत २०/२५ जना सरोकारवालाहरूको रोहवरमा भएको छलफलमा आगामी दिनहरूमा दुवै पक्षबाट यो विषय कही कतै उठाउन नपाइने सर्त सहित सहमति गरिएको छ ।

पत्रमा जनाइए अनुसार गायिका श्रीपालले पाउनुपर्ने पारिश्रमिक बापतको बाँकी ९ लाख रुपैयाँ आगामी अक्टोबर १६ तारिख भित्र सञ्चालक थापाले मोना जापानको बैङ्क खातामा जम्मा गर्नुपर्ने र गायिका श्रीपाललाई नेपाल फिर्ता हुने टिकटको व्यवस्था समेत दोहोरी साँझको तर्फबाट गर्नुपर्ने सहमति भएको छ ।

त्यसैगरि श्रीपाल जापान बस्ने अवधि सम्मका लागि मोना एसिया प्यासिफिक समिति तथा मोना जापानको संरक्षकत्वमा रहने निर्णय भएको छ । सहमति पत्रमा गायिका श्रीपाल र दोहोरीका सञ्चालक थापाले हस्ताक्षर गरेका छन् ।

 

Leave a Reply