जिल्लाको अति विकट धवलागिरी गाउँपालिका–१, गुर्जामा पहिलोपटक वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ । प्रभु बैंक ताकम शाखालेवित्तीय साक्षरता कार्यक्रमअन्तर्गत स्थानीयलाई बैंकिङ ज्ञान दिएको हो । वित्तिय पहुँचबाट टाढा रहेका स्थानीयलाई शाखा प्रमुख गिरेन्द्र शेरचन सहितको बचत, कर्जा तथा फजुट खर्च घटाएर कसरी बचत गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएका थिए ।

समुद्र सतहबाट ३२ सय २० मिटर उचाईमा अवस्थित गूर्जाका बासिन्दाले गाउँमा भएको पैसालाई कसरी बैंकमा लैजाने भन्ने बारेमा चासो देखाएका थिए । लुकेको बस्तीको रुपमा चिनिने गूर्जामा स्थानीय समुह, ब्यक्ति बाहेक बैक तथा वित्तिय सुविधाका लागि झण्डै एक दिनको यात्रा गर्नुपर्छ । धवलागिरी गाउँपालिकाको वडा नं ७ ताकममा रहेका प्रभुको शाखासम्म आउन नसक्ने स्थानीयले गाउँमै सेवा दिन समेत माग गरेका थिए ।

जिल्लाका स्थानीय तह आसपासका क्षेत्रमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्ने गरिएको भएपनि अति विकट गूर्जामा बैंककै उपस्थितिमा कार्यक्रम भएपछि स्थानीयले समेत चासो देखाएका थिए । उक्त कार्यक्रममा महिलालाई वित्तिय साक्षरता अभिबृद्धिले फाइदा पुगेको बैंकका शाखा प्रबन्धक शेरचनले बताए । म्याग्दीको सबै स्थानीय तहमा प्रभुको शाखा रहेको छ। बेनी नगरपालिका बाहेक पाँचवटै गाउँपालिकाको आर्थिक कारोबार समेत प्रभुले गर्ने भएकाले सामाजिक सुरक्षा भत्ता सहित वडास्त्रमा पुगेर कार्यक्रम गर्ने जनाएको छ ।

Leave a Reply