बागलुङमा संचालित जेसीज सप्ताह अन्तरगत छैटौ दिन बिहिवार पिस प्यालेस कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय बागलुङ जेसीजको आयोजनामा गत शनिवारदेखि बिभिन्न कार्यक्रमका साथ संचालित सप्ताहको छैटौ दिन पिस प्यालेस कप फुटसल प्रतियोगिता सम्पन्न गरिएको हो । बागलुङ र म्याग्दी जेसीजबिच भएको खेलबाट म्याग्दी जेसीज बिजयी भएको छ । म्याग्दी जेसीजले ९ गोल गरेको थियो भने बागलुङ जेसीजले ७ गोल गरेको थियो ।

प्रतियोगिताबाट बागलुङ जेसीजका खेलाडि रोहन जिसीलाई उत्कृष्ट खेलाडिको रुपमा पुरस्कृत गरिएको थियो । खेलको उद्घाटन गर्दै जिल्ला फुटवल संघ बागलुङका अध्यक्ष एवँ बागलुङ जेसीजका पूर्व अध्यक्ष जय राजभण्डारीले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकाले जेसीज सप्ताहमा भएको कार्यक्रमले युवाहरुको स्वास्थ्य र जेसीजबिचको भावनात्मक एकतामा सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवँ कार्यवहाक अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र कार्यक्रम संयोजक सौरभ खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । सप्ताहको सातौं तथा अन्तिम दिन शुक्रबार समापन समारोह एवं स्वर्गिय प्रगति स्मृति बक्तृत्वकला प्रतियोगिता तथा पुरस्कार वितरण कार्यक्रमकोे आयोजना गरिएको मुल संयोजक अञ्जिला श्रेष्ठले जानकारी दिनुभयो ।

Leave a Reply