नेकपा एमाले म्याग्दीबाट प्रतिनिधिसभामा उम्मेदवार हरिकृष्ण श्रेष्ठले चुनावी प्रसारप्रसारलाई तिब्रता दिनुभएको छ । पार्टीबाट आसन्न निर्वाचनका लागि एकल सिफारिस भएसँगै श्रेष्ठलेजिल्लाको अति विकट मानिने धवलागिरी गाउँपालिका–१,गूर्जा सहित गाउँपालिकाको वडास्तरमै पुगेर कार्यकर्ता, मतदाता भेटघाट गर्नुभएको हो ।

समुन्द्री सतह देखी ३ हजार २ सय २० मिटर उचाइमा अवस्थित गूर्जामा चुनावी प्रसारप्रसार सहित पार्टीको बैठकको सिलसिलामा उम्मेदवार श्रेष्ठ सहितको टोली पुगेको नेकपा एमालेका जिल्ला कमिटी सदस्य इश्वर सुबेदीले बताउनुभयो । ‘पहिलो चरणको अभियानमा छौ,‘गाउँघरमा चुनावी पहलपहल सुरू भएको छ’ टोलीमा रहेका सुबेदीले भन्नुभयो ।म्याग्दीका उम्मेदवाहरू अति विकट क्षेत्रमा मुस्किलले पुग्ने गरेका छन् ।

गूर्जामा कार्यकर्ता भेटघाटको क्रममा त्यहाँका विभिन्न समस्यामा बारेमा जानकारी लिइएको थियो भने कार्यकर्ताहरुमार्फत वडाभित्रका समस्या, सडक सञ्जाललाई प्राथमिकता दिन अनुरोध गरेका थिए । टोलीमा गाउँपालिकाका निर्वतमान उपाध्यक्ष रेशम छन्त्याल, उपाध्यक्षका उम्मेदवार प्रगति कार्की, नेकपा एमालेका सदस्य एवम् शुभचिन्तक रमेश गिरी लगायतको उपस्थिती रहेको थियो ।

नेकपा एमालेका निर्वतमान अध्यक्ष एवम् गण्डकी प्रदेश कमिटी सदस्य श्रेष्ठले समेत मतदातामा उत्साह देखेको बताउनुभयो । उम्मेदवार घोषाण भएपछि श्रेष्ठले पाँचवटै गाउँपालिकाको वडा, बस्तीहरुसँगै नगरपालिकाका भित्रका मतदातालाई भेट्ने, विभिन्न समस्याका बारेमा समेत जानकारी लिने गरेको बताइएको छ ।

नेकपा एमालले प्रतिनिधिसभाका उम्मेदवार सहित प्रचारप्रसार सुरू गरेपनि सत्ता गठबन्धनको भने अझै उम्मेदवार टुंगो लागेको छैन् । आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि चुनावी प्रसारप्रसारमा अहिले एमाले अगाडी देखिएको छ भने सत्ता गठबन्धन अलमलमा, साना दलहरु उम्मेदवार छनौट गरेपनि मैदानमा उत्रिएका छैनन् । म्याग्दीमा नेकपा एमाले र नेपाली कांग्रेस, माओवादी केन्द्र सहितको गठबन्धन दलबिच नै कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

Leave a Reply