बेनी नगरपालिका-८,शिक्षामार्गबाट मुक्तिनाथ पौडेलले पार्किङ गरेको मोटरसाईकल चोरी भयो । भदौ २२ गते राती ध १ प ४६०२ नम्बरको होन्डा साइन बाईक चोरीमा संलग्नको खोजीकार्य भएपनि संलग्नको पहिचान हुन सकेको छैन् । गएराती पर्वतको जलजला गाउँपालिका–३ का शंकर घर्तीको झोलुङ्गे पुल नजिकै पार्किङ गरी राखेको ग ७ प ७२७१ को मोटरसाइकलमा गए राति आज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

उक्त मोटरसाइकल आगजनीबाट जलेर पूर्णरूपमा क्षति पुगेको छ भने विज्ञानराज शर्माको ध २ प ३८३१ नम्बरको मोटरसाइकलमा आशिंक क्षती भएको छ ।मध्यरातमा बाईक जल्दै गरेको अवस्थामा स्थानीय प्रेम खत्री सहितको टोलीले थप क्षती हुनबाट जोगाएपनि घटनामा संलग्न पत्ता लागेको छैन् ।

बेनी–गलेश्वर सडकखण्डमा मोटरसाइकल पार्किङ गरी आवतजावत गर्ने गरेको अवस्थामा योजनाबद्ध तरिकाले आगजनी भएको पीडितको भनाई छ । मोटरसाईकलमा आगजनी भएको वा जलेको भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइपनि लगातार बर्षा भइरहेको अवस्थामा आफै जलेको नभई नियोजित रुपमा जलाइएको विज्ञानराज शर्माले बताउनुभयो ।‘आफै जलेको होईन, रोजेर जलाइएको छ’शर्माले भन्नुभयो ।

प्रहरिले घटनाको मुचुल्का तयार गरी अनुसन्धान सुरु गरेको प्रहरी निरिक्षक किरण लामाले बताउनुभयो । सदरमुकाम बेनीमा मोटरसाइकल चोरी, आगजनी तथा निर्माणधिन अवस्थामा रहेको घरबाट निर्माण साम्रागी चोरी हुन थालेपछि चोरीका घटनामा संलग्नहरूको खोजीकार्यलाई तीव्रता दिएको जनाएको छ । प्रहरीले बजार क्षेत्र तथा आसपासका ठाउँमा सुरक्षा निगरानी बढाएको बताएको छ ।

Leave a Reply