म्याग्दीको सदरमुकाम बेनीमा अनाथ बालबालिकाको आश्रय र शिक्षादिक्षाका लागि सञ्चालित बालगृहलाई अष्ट्रेलियाबाट नगद र खाद्यान्न साम्रागी सहित करिब ५० हजार बराबरको सहयोग गरिएको छ। अस्टेलियामा रहेको नेपाली चर्चद्धारा उपलब्ध सहयोग अष्ट्रेलियाबाट अप्सन पूर्जामार्फत बालगृहका बालबालिकालाई जिन्सी २९ हजार र नगद २० हजार संगठनका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको थियो ।

सहयोग हस्तान्तरण गदैं संकलित सहयोगमार्फत पूर्जाले अभिभावकविहिन बालबालिकालाई प्राप्त सहयोग गर्ने चाहना पूरा भएको बताउनुभयो। सोही अवसरमा अध्यक्ष शाक्यले स्वदेश तथा विदेशमा रहेका म्याग्देलीहरुको सहयोगले बालगृह सञ्चालनमा सहज भएको बताउनुभयो । उहाँले धौलागिरीमै एकमात्र बालगृह ‘म्याग्दी बालगृह’को क्षमता र पूर्वाधार विस्तारका लागि आर्थिक सहयोग समेत संकलन भइरहेको बताउनुभयो ।

नेपाल बाल सङ्गठन म्याग्दीद्वारा सञ्चालित बाहगृहमा आश्रित बालबालिकाका लागि भौतिक पूर्वाधारका साथै संरचनाहरु समेत परिवर्तन भएको छ । बालगृहमा हाल म्याग्दी, बागलुङ र पर्वतका गरी सात बालिकासहित १२ अनाथ बालबालिका आश्रित छन् । बुबाआमा दुवै नभएका बालबालिकालाई बालगृहमा आश्रय दिएर एसइईसम्मको शिक्षाको व्यवस्था मिलाइएको छ । विसं २०४८ मा स्थापना भएको बालगृहमा आश्रय लिएर हालसम्म २० भन्दा बढी अनाथ बालबालिकाले एसइईसम्मको अध्ययन गरेको सङ्गठनले जनाएको छ ।

Leave a Reply