नवौं राष्ट्रिय प्रतियोगिताको भलिबलतर्फ म्याग्दीलाई लगातार सफलता प्राप्त भइरहेको छ । महिलातर्फ गण्डकी प्रदेश च्याम्पियन भएको म्याग्दीले राष्ट्रिय खेलमा ५ जना छनौट भएका छन भने क्वाटरफाइनबाटै बाहिरिएको पुरुष खेलाडीतर्फ १ जना सहभागी हुनेछन् ।

आगामी असोज २७ देखि कात्तिक २ गतेसम्म हुने प्रतियोगितामा गण्डकी प्रदेशको महिलातर्फको अरुणा शाहीको नेतृत्वमा पवित्रा विसी,मनिसा तिलिजा,रेबिना घर्ति मगर,सस्मिता पुन महिला टोलीमा सहभागि हुने छन् ।त्यस्तै पुरुषतर्फ सुजन चोखाल सहभागी हुने म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताए । म्याग्दीमै हुने महिला भलिबलमा जिल्लाकै ५ जना खेलाडी छनौटले उत्साहित भएको उनले बताए । यसबीच म्याग्दीबाट विभिन्न खेलहरुमा छनौट भएका खेलाडीको नामावली संकलन भइरहेको जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।

Leave a Reply