---Advertisement---

भलिबलमा उदीयमान सुजन चोखाल

On: September 17, 2022 9:30 PM
Follow Us:

एउटा पूरानो भनाई छ,‘खाएको विष लाग्छ,नखाएको लाग्दैन’ यही उखानको उदाहरण बनेका छन् बेनी नगरपालिका-९ घतान नेप्टेचौरका सुजन चोखाल। एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिवल क्लब लिग क्रममा गत वैशाखमा रेफ्रीमाथि दूर्ब्यवहार गरेको भन्दै गण्डकी प्रदेशका सेटर चोखाल सहित तीन खेलाडीलाई १ वर्ष प्रतिबन्ध सिफारिस गरेको थियो ।

भलिबल संघको अनुशासन कमिटिले उक्त घटनाको प्रतिवेदन तयार गर्दै प्रतिबन्धको सिफारिस गरेपनि चोखालको कुनै गल्ती नदेखिएपछि प्रतिवेदन नै निस्कृय भयो ।भलिबल संघको विभिन्न बैठकमा समेत प्रतिवेदनले प्राथमिकता पाएन् ।

नविराउनु नडराउनु भनेजस्तै तिनी कारवाहीको सिफारिस गरिएका चोखाल आगामी असोज २७ देखि कात्तिक २ गतेसम्म हुने नवौं राष्ट्रिय भलिबल प्रतियोगितामा गण्डकी प्रदेशबाट छनौट भएका छन् ।

भलिबल टिम गेम हो । तर, एउटा खेलाडीले खेललाई परिवर्तन गर्न सक्छ भन्ने उदाहरण समेत चोखाल बन्ने गरेका छन् । राष्ट्रिय टोलीबाट विभिन्न खेलहरूमा सहभागी भइसकेका गण्डकी प्रदेशका सेटर चोखाल विभागीय टोली सहभागी भएका खेलहरूमा समेत हावी हुने खेलाडी हुन्।

प्रतिबन्धको सिफारिस, प्रतिबन्धको तयारी जस्ता खवरका बिच चोखालले गण्डकी प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा पुनः आफ्नो दमदार खेल देखाउने छन् ।कुनैसमय गाउँमा मोजाको भकुन्डो बनाएर खेल्ने चोखाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष भलिबल टोलीमा समावेश भएका थिए ।

चौथो प्रधानसेनापती कपमा विभागीय टिमलाई समेत चोखालले आफ्नो खेल देखाएपछि अहिले राष्ट्रियस्तरमा पहिचान बनाउने पुरुष खेलाडी भएका छन्।गाउँघरमा खेतबारी, साँधुरो मैदानमा खेल्दै भलिबल सिकेका चोखाल गाउँबाट जिल्ला, साविकको अञ्चल क्षेत्रीय हुदै राष्ट्रिय टोलीमा पुगेका थिए ।

नेपाल भलिबल संघले छनौट गरेको टोलीमा गण्डकी प्रदेशमा उत्कृष्ट खेल देखाएपछि उनलाई ठूला धनराशीका खेलहरुमा समेत अफरै अफर आउने गरेको छ ।

काउलेगौंडा यूवा क्लव(केवाईसी) खेलाडी हुदै नेतृत्व गदैं मेलापर्वमा दर्जनौ खेलमा उपाधी जिताउन सफल भएका चोखालले पारिवारिक तथा आर्थिक समस्यासंगै संघर्ष गदैं मेलापर्वमै जितेको पुरस्कारले घरखर्चमा समेत सघाउने गरेका थिए। क्लवका खेलहरुमा सहभागी भएका चोखाल क्षत्रीय र राष्ट्रिय टिमका छनौट भएपछि बन्द प्रशिक्षणमा हुने विभिन्न तालिमबाट थप चम्किएका थिए ।

सेटरको भूमिकामा मैदानमा देखिने चोखालले ब्यवसायीक खेल खेल्न हेलिकप्टर चढेर समेत पुगेका छन् । जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष पुरुषतर्फ चोखालले राष्ट्रिय खेलमा राम्रो खेल देखाउन सफल भएको बताए ।

‘विभिन्न भ्रमहरु समेत चिदैं खेलमा सहभागी चोखालले यसपटक थप राम्रो खेल देखाउनेमा आशाबादी छु,‘म्याग्दीलाई भलिबल खेलबाटै चिनाउने खेलाड छन्’ अध्यक्ष बानियाँले भने । उनी केवाईसीको अध्यक्ष हुदाँ सुजनले भलिबलमा डेब्यू गरेका थिए । अझैपछि भलिबल खेलबाट मात्रै टिक्न सक्ने सम्भावना नभएपनि उनले राष्ट्रिय टोलीबाट खेल्ने खेल बाहेक विभिन्न क्लवहरूबाट पारिश्रमिक लिएर समेत खेल खेल्ने गर्दछन् ।

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।