म्याग्दीका दुई महिला खेलाडील पहिलोपटक राष्ट्रिय खेलका लागि छनौटमा परेका छन् । नवौं राष्ट्रिय प्रतियोगितामा म्याग्दीबाट छनौट भई गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि गण्डकी प्रदेशस्तरीय प्रतियोगितामा राम्रो प्रदर्शन गरेपछि अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङकी सस्मिता पुन र वडा नं ५ पाउद्धारकी मनिषा तिलिजाले पहिलोपटक राष्ट्रिय खेल खेल्ने भएका हुन् ।

राष्ट्रिय प्रतियोगिताको छनौटमा गण्डकी प्रदेश च्याम्पियन भएको म्याग्दी महिला टिमबाट सहभागी दुवै खेलाडी घरेलु प्रतियोगिता, जिल्ला तथा प्रदेशस्तरीय राष्ट्रपति कप, मुख्यमन्त्री कप लगायतका क्षेत्रीय खेलहरुमा सहभागी भएको अनुभव छ ।

तिलिजा तिब्र गतिमा खेल्ने स्काईकर र पुन खुल्ला स्पाइकरको भुमिकामा देखिन्छन् । राष्ट्रिय प्रतियोगिता अन्तरगतको महिला भलिबलको खेल म्याग्दीको सदरमुकाम बेनीमा हुने भएकाले पहिलोपटक घरेलु मैदानबाटै तिलिजा र पुनले विभिन्न प्रदेश र विभागीय टोलीको सामाना गर्नेछन् ।

पहिलोपटक राष्ट्रिय खेलका लागि प्रदेशबाट पर्न सफल दुबै खेलाडीको खेलबाट जिल्ला भलिबल संघ समेत उत्साहित छ । भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले भलिबल खेलमा म्याग्दीले नयाँ अनुहार पाएको बताए ।उनले नियमित प्रशिक्षण सहितको अवसर पाएमा भविस्यमा राष्ट्रिय टिमबाट समेत खेल्न सक्ने क्षमता भएको बताए ।

यसपटक टिममा परेका दुबै खेलाडीले गण्डकी प्रदेशको पहिलो खेलमै डेब्यू गर्ने समेत उनले बताए । गण्डकी प्रदेशको महिला भलिबलको कप्तानी म्याग्दीकी अरुणा शाहीको नेतृत्वमा पवित्रा विसी,रेबिना घर्ति मगर सहित पाँच जना सहभागी हुने छन् । आगामी असोज २७ देखि कात्तिक २ गतेसम्म हुने प्रतियोगिता हुने छ ।

 

Leave a Reply