आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा म्याग्दीमा ८६ हजारभन्दा बढी मतदाताले भोट हाल्ने भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार मंसिर चार गते सम्पन्न हुने निर्वाचनमा म्याग्दीमा कुल ८६ हजार १२० जना मतदात कायम भएका छन् ।

निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार स्थानीय तहको निर्वाचनपछि करिब ७ सय ४५ जना नयाँ मतदाता थपिएसँगै ४४ हजार ०६४ महिला, ४२ हजार ०५५ जना पुरुष र एकजना तेस्रोलिङ्गी मतदाता कायम भएको छ । ‘निर्वाचनको आवश्यक तयारीमा जुटेका छौ,‘सबैजसो पालिकामा नयाँ मतदाता थपिएका छन्’ प्रमुख घिमिरेले भने ।

एक नगरपालिकासहित पाँचवटा गाउँपालिका रहेको म्याग्दीको बेनी नगरपालिकाको हरेक स्थानीय तहको कुल मतदाता संख्या सहितको विवरण सार्वजनिक गरिने निर्वाचन अधिकृत घिमिरेले बताए । गएको वैशाख ३० गते सम्पन्न स्थानीय तहको चुनावमा म्याग्दीमा कुल ८५ हजार ३७५ मतदाता रहेका थिए ।

Leave a Reply