आगामी मङ्सिर ४ गते सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गरी म्याग्दीमा ८ वटा मतदान केन्द्र थपिएको छ । भौगोलिक कठिनाइ, मतदाताको संख्या लगायत विभिन्न कारणलाई मध्यनजर गरी चार वटा गाउँपालिकाको ६ स्थानमा नयाँ मतदा केन्द्र थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँ, वडा नं ५ सिर्कुम, धवलागिरी गाउँपालिका वडा नं ४ म्ुदीको बगर, वडा नं ७ धारापानी, रघुगंगा गाउँपालिका वडा नं २ खौरेटा, वडा नं ३ हिमालय आधारभुत विद्यालय र अन्नपूर्ण गाउँपालिका वडा नं ६ पोखरेबगर र वडा नं ८ काँफडाँडामा नयाँ मतदान केन्द्र कायम गरिएको छ । हरेक निर्वाचनमा करिब एक दिनको पैदलयात्रा गरी खिवाङको मतदान केन्द्रमा आउनुपर्ने बाध्यताबाट यसपटक मुदीको बगर आसपासका बासिन्दा मुक्त भएका छन् ।

निर्वाचन कार्यालयका प्रमुख भिमप्रसाद घिमिरेका अनुसार मतदान स्थल मतदाताको आधारमा थप गरिने बताए । ‘मतदानस्थल थपिन्छ, अहिले नयाँ मतदान केन्द्र थपिएको छ’ प्रमुख घिमिरेले भने । जिल्लामा थपिएका मतदान केन्द्र गरी ८२ पुगेको छ भने हाल ११९ मतदान स्थल रहेको छ।निर्वाचनमा हुने जाखिमको पहिचान गर्न उच्च संवेदनशील, संवेदनशील र सामान्य गरेर स्थलगत अनुगमन पछि मतदान केन्द्र समेत विभाजन गरिने छ।

 

 

Leave a Reply