पेनस्टक पाईप फुटेपछि साढे दुई महिनादेखि पूर्णरुपमा उत्पादन बन्द भएको अन्नपूर्ण गाउँपालिका–४,नारच्याङमा रहेको ५ मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत आयोजनाले मर्मतपछि पुनः नियमित उत्पादन सुरु गरेको छ। गएको असार ७ गते राति खसेको ढुंगाले क्षती पुगेपनि आयोजना पक्षले फुटेको पाईपलाई परिवर्तन गरेसँगै यसैसातादेखि उत्पादन सुरु भएको छ । पेनस्टक पाईपमा पुगेको क्षतीको आयोजनाका अध्यक्ष किशोर सुबेदी सहितको प्राविधिक पक्षले स्थलगत अनुगमनपछि क्षतीको लगत गरी पेनस्टक पाईप सहितका आवश्यक उपकरण समेत आयोजनास्थलमा पुर्याइएको थियो ।

आयोजनाको उत्पादन बन्द हुदाँ कराडौं नोक्सानी भएको छ । आवश्यक पाइप आपूर्ती सहितका कार्यहरुमा ढिलाई भएपनि मौमस प्रतिकुल भएका कारण मर्मतमा समस्या भएको आयोजना पक्षको भनाई छ । घलेम्दीको उत्पादन दानामा रहेको सबस्टेशनबाट राष्ट्रिय प्रशारण लाइनमा जान्छ । आयोजनाबाट क्षमताभन्दा कम उत्पादन भइरहेको छ । घलेम्दीको उत्पादनप्राधिकरणले वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने सम्झौता छ ।

Leave a Reply