माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन) म्याग्दीको दोस्रो जिल्ला अधिवेशनबाट रामचन्द्र पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको अधिवेशनबाट उपाध्यक्ष मदन सुबेदी, महिला उपाध्यक्ष गंगा बानियाँ, सचिव नबिन भट्टराई, सह सचिब बिमल बरुवाल, कोषाध्यक्ष सुजन बानियाँ रहेका छन् ।

समितिको सदस्यहरूमा दिपक अर्याल,प्रकाश सुवेदी, बुलबुल थापा, ज्ञान बहादुर पुन, रमेश भण्डारी, रमेश सुवेदी, गणेश पुन, नारायण सापकोटा, शिव रिजाल रहेका छन् । केद्रीय समिति अध्यक्ष मण्डलका सदस्य वालकृष्ण कँडेलको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनमा केन्द्रीय समितिका सह अध्यक्ष शंकर तिवारी, लगायत पेशागत संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको हिस्टुनका निर्वतमान अध्यक्ष कविराम थापाले जानकारी दिए।

१६ बुँदे माग राख्दै सार्वजनिक गरेको चरणबद्ध आन्दोलन गरेका कक्षा ११ र १२ मा कार्यरत शिक्षकले शैक्षिक गुणस्तरबृद्धिका साथै पेशागत आन्दोलनमार्फत माग सम्बोधन गर्न दवाबमुलक कार्यक्रम सञ्चालन गर्ने बताएका थिए ।नवनिर्वाचित अध्यक्ष पौडेलले शैक्षिक जनशक्ती उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने हिस्टुनमा आवद्ध शिक्षकहरूका मागको सम्बोधनका लागि केन्द्रिय कार्यक्रम अनुसार जिल्लामा थप सक्रिय हुने बताए । ३ दशकदेखि आंशिक, अनुदान र अस्थायी दरबन्दीमा कार्यरत शिक्षकको मागलाई पुरा गर्न समेत नवनिर्वाचत अध्यक्ष पौडेलले माग गरेका छन् ।

Leave a Reply