---Advertisement---

मोना फ्रान्सले खेलाडी र संस्थामा योगदान पुर्याएकालाई सम्मान

On: September 20, 2022 6:23 PM
Follow Us:

म्याग्दी प्रबासी नेपाली संघ (मोना) फ्रान्सले खेलाडीलाई सम्मान गरेको छ । फ्रान्समा हुने खेलकुद गतिविधिमा सक्रिय सहभागी खेलाडीलाई सम्मान सहित नेपाली दाजुभाई तथा दिदीबहिनी र म्याग्देलीहरु बीच आपसी चिनजान, भेटघाट एबम पारस्परिक सदभावका लागि कार्यक्रम गरिएको थियो ।

सम्मानित हुनेमा प्रेम थापा मगर प्रबुद्ध केसी,लक्ष्मी प्रसाद भट्टचन,सुन्दर पुन, शेखर पुन, याम केसी, सुक पुन, अमृत घर्ती मगर, रमेश बोहोरा क्षेत्रीटिम म्यानेजर मनोज शेरचनलाई खादा सहित सम्मानपत्रले सम्मान गरिएको थियो । सम्मानित खेलाडीलाई एनआरएनए फ्रान्सका सस्थापक अध्यक्ष हरिहर अर्याल र मोना फ्रान्समा अध्यक्ष देबेन्द्र केसी लगायतले सम्मान गरेका थिए ।

सम्मान कार्यक्रममा संरक्षक तथा सस्थापक अध्यक्ष हेम बानियाँ पुर्व अध्यक्ष पदम शेरचन, मोनाको अभियानमा साथ दिने एनआरएनएका संस्थापक अध्यक्ष अम्मर भण्डारी, सस्थापकमान बहादुर सेन्चुरी, सल्लाहकार तप्त भन्डारीसपना मल्ल र अस्मिता शेरचनलाई कदर पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तव्य मोना फ्रान्समा सस्थापक अध्यक्ष हेम बानियाँले गरेको सहसचिव महेन्द्र बोहोराले बताए ।