आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सव मनाइन्छ । जन्मदिनमा साथीभाई, परिवारसँग बसेर प्रसस्तै खर्च गर्नेहरू अहिले समाजमा छ्यापछ्याप्ती भेटिन्छन् । जन्मदिनमा खानपिन, मनोरञ्जनमै खर्च गर्नुपर्छ भन्नेहरूका बिचमा म्याग्दीका एक ब्यक्तिले हरेक बर्ष जन्मदिनको अवसरमा सामुदायिक विद्यालयमै सहयोग गर्ने गरेका छन् ।

शैक्षिक क्षेत्रमा सधै सक्रिय भूमिकामा रहने बेनी नगरपालिका वडा नं ३ भकिम्लीका शिक्षक संघका निर्वतमान अध्यक्ष एवम् सामाजिक लोकतन्त्र अध्ययन केन्द्र म्याग्दीका अध्यक्ष दुर्गाराम सुबेदीले यसपटक भकिम्लीका दुई विद्य्रालयका विद्यार्थीलाई सहयोग गरी जन्मदिन मनाएका छन् ।

बुधबार बराह आधारभुत विद्यालय र भुमे आधारभुत विद्यालयमा अध्ययनरत ४० विद्यार्थीलाई शैक्षिक साम्रागी र शिक्षकलाई डायरी वितरण गरेका थिए । सुबेदीले करिब १५ हजार बराबरको स्टेशरनी साम्रागी वितरण गरेको बताउँदै हरेक जन्मदिन विद्यालयका विद्यार्थीसँग मनाउने गरेको बताए ।

‘मैले जन्मदिनको अवसरमा सधै विद्यालयलाई सम्झिन्छु,‘भकिम्लीका सबैजसो विद्यालयमा जन्मदिन मनाएको छु’ सुबेदीले भने । उनले शैक्षिक क्षेत्रबाटै अवकाश भएकाले जन्मदिनको अवसरमा शैक्षिक क्षेत्रलाई नै सम्झिने गरेको बताए ।

जयन्ती मावि भकिम्लीका पूर्व प्रअ एवम् पूर्व स्रोतब्यक्ती समेत रहनुभएका सुबेदीले जन्मदिनको अवसरमा गरिने खर्चबाट धेरै टाढा रहेको बताए । सोही अवसरमा विद्यालयका शिक्षकले समेत विगतदेखि नै निरन्तर रचनात्मक सहयोग प्राप्त गरिरहेको भन्दै सहयोगदाता सुबेदीलाई धन्यवाद दिएका थिए ।

 

Leave a Reply