म्याग्दीको सदरमुकाम बेनीमा आयोजित ५ औं स्वर्गीय इच्छा भण्डारीको स्मृतिमा सेभेन ए साडड फुटबल प्रतियोगिताको खर्चविवरण सार्वजनिक भएको छ।

एभरग्रिन यूथ क्लवको आयोजनामा भएको प्रतियोगितामा स्वदेश तथा विदेशबाट १४ लाख ३५ हजार, दर्ता शुल्क १ लाख २५ हजार गरी कुल १५ लाख ६० हजार आम्दानी भएको थियो भने पुरस्कार सहित विविध खर्च गरी ८ लाख ८४ हजार ९४५ रुपैयाँ खर्च भएको क्लवले जनाएको छ ।

प्रतियोगितामा प्रतिबद्धता भएकोमध्ये ४ लाख ९४ हजार ५५५ उठ्न बाँकी रहेको रहेको क्लवका अध्यक्ष निराज राम्जाली पुनले बताए ।  रोजगारको सिलसिलामा अस्टे«लियामा मृत्यु भएका क्लवका सदस्य एवम् फुटबल खेलाडी भण्डारीको स्मृतिमा आयोजित प्रतियोगितामा बचत भएको आर्थिक खेल सहित विभिन्न सामाजिक एवम् मानवीय सेवा गर्ने जनाइएको छ । क्लव सदरमुकाम बेनीमा सक्रिय क्लवभित्र पर्छ । क्लवमार्फत यसअगाडी सरसफाई सहित विभिन्न रचनात्मक कार्यहरु समेत गरेको थियो ।

Leave a Reply