बागलुङको वडिगाड गाउँपालिका वडा नम्बर-५ को आयोजनामा शिक्षकहरुको क्षमता विकासकालागि ७ दिने तालिम सुरु भएको छ । शैक्षिक गुणस्तर वृद्धिका लागि शिक्षक पेशागत क्षमता अब्बल हुनुपर्ने जरुरी हुन्छ यसतर्फ धेरैले खासै ध्यान दिइएको पाइदैन ।

तर बागलुङको वडिगाड गाउँपालिका वडा नम्बर-५ ग्वालीचौरले शिक्षकको क्षमता अभिवृद्धिका लागि एकहप्ते तालिम सुरु गरेको हो । समय समयमा शिक्षक तालिम आवश्यक हुनुपर्ने भन्दै आफ्नो वडा भित्रका विद्यालयमा अध्यापनरत शिक्षकहरुकालागी १ हप्ते क्षमता विकास तालिम सुरु गरिएको वडा अध्यक्ष विष्णुप्रसाद आचार्यले बताउनुभयो ।

तालिम उद्घाटनमा बोल्दै गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आगामी दिनमा पनि यस्ता तालिमहरूलाई निरन्तरता दिनुपर्ने र दक्ष शिक्षकमार्फत नै गुणस्तरिय शिक्षा प्रदान हुने भएकाले शिक्षा क्षेत्रको गुणस्तरीयताका लागि शिक्षक तालिमप्राप्त हुनुपर्ने बताउनुभयो ।

शिक्षकले आजको आवश्यकतालाई ख्याल गरी आधुनिक र प्रविधिपूर्ण शिक्षण पद्धति अबलम्बन गर्नु पर्ने र त्यसका लागि शिक्षक तालिमको अपरिहार्यता रहेको गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बताउनुभयो । ११ गतेसम्म सञ्चालन हुने तालिममा वडा भित्रका विद्यालयका २ दर्जन बढि शिक्षक तथा बाल बिकास केन्द्रका सहजकर्ताको सहभागीता रहेको छ ।

Leave a Reply