प्रभु बैंक बेनी शाखाले वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकतामा राख्दै विद्यालय र क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीलाई डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनु पर्ने सर्तकता सहित विभिन्न विषयमा जानकारी गराइएको थियो।

सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विद्यार्थीमार्फत वित्तिय सचेतना फैलाउने बैंकले समुदायसँगै विद्यालयमा अध्ययनरत विद्यार्थीलाई समेत साक्षरता कार्यक्रममा जोडेको शाखा प्रबन्धक विनोद खत्रीले बताए । बेनी नगरपालिका वडा नं ४ सिंगास्थित धौलागिरी मावि र म्याग्दी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई बैंकको महत्व, दैनिक जीवनमा बैंकिङ कारोबारका फाइदाहरु, भविष्यको योजना, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा, बचत र यसका फाइदाहरु,कर्जा लिने प्रक्रिया, लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।

विद्यार्थीलाई बचत र खर्चको व्यवस्थापन, ऋण प्रक्रिया र वित्तिय साक्षरता कार्यक्रम मार्फत उचित प्रयोग गर्ने गरी अन्य विद्यालयमा समेत कार्यक्रम गर्ने जनाइएको छ। म्याग्दीको सदरमुकाम बेनी सहित पाँचवटै गाउँपालिकामा शाखा रहेको प्रभु बैंकले वित्तिय साक्षरता कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने गरेको छ ।

Leave a Reply