म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियको आठौं बार्षिक साधारण सभा पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ७ ताकममा हुने भएको छ । आगामी असोज २७ र २८ गते ताकम माविको प्राङ्गनमा हुने साधारणसभाको आवश्यक तयारी सुरु भएको सचिव सुबोध बरुवालले बताए ।

विश्वभर रहेका म्याग्देलीको साझा संस्था मोनाको बार्षिक साधारणसभाको अवसरमा खुल्ला भलिबल प्रतियोगिता सहित विविध कार्यक्रम समेत हुने सचिव बरुवालले बताए । कार्यक्रममा जिल्लाका जनप्रतिनिधि, एनआरएनएका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाको उपस्थितिमा प्रवासी म्याग्देलीको भावी योजना लगायतका विषयमा छलफल हुने मोनाले जनाएको छ ।

विश्वभर २८ देशमा राष्ट्रिय समिति,५ वटा क्षेत्रीय समिति रहेका छन् ।यसपटक ताकमको राधाकृष्ण नाच सहित स्थानीय कला र संस्कृतिलाई प्राथमिकता दिइएको बताइएको छ । त्यस्तै १ लाख प्रथम पुरस्कार रहेको भलिबल प्रतियोगिताको आयोजना गरिएको खेलकुद संयोजक एवम् मोना आईसीका उपाध्यक्ष जंगबहादुर पुनले बताए । उनका अनुसार भलिबल खेललाई भब्य बनाउने गरी प्रचारप्रसार गरिएको बताए ।

 

Leave a Reply