म्याग्दीको बेनीको मंगला आमा समुहको भवनमा अल्लोको धागोबाट सल बुन्दै गरेकी नेकसरा पुन जिल्लाकै एक सफल महिला उद्यमीका हुन् । बेनपा-२ हाँडेभिरमा रहेको साझा सुविधा भवनलाई बधशालाले विस्थापित गरेपछि घर बाहेक अन्य उद्यमीसँगै आमा समुहको भवनमा भेटिएकी नेकसरालाई म्याग्दीका महिला उद्यमीले नचिन्ने सायद कमै होलान् ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५,देवीस्थानबाट करिब साढे दुईदशक अगाडी घरायसी खर्च चलाउन बेनीबजार उर्लिनुभएकी नेकसराले ढाका र अल्लोका विभिन्न उत्पादनलाई स्वदेश तथा विदेशमा विक्री हुन्छ ।

जिल्ला लघु उद्यमी संघ म्याग्दीकी अध्यक्ष समेत रहनुभएकी नेकसराले आफुँजस्तै धेरै सफल महिला उद्यमी बनाइसकेकी छन् । सिप, जाँगर र उद्यमीको परिचयमा रमाउने धेरै महिलाहरूले नेकसराको मेहनत र संघर्षलाई नजिकबाट चिनेका छन् । पैतलादेखि शीरसम्म लगाउन मिल्ने कपडा, अर्डर अनुसारका उत्पादनका कारण देशैभरी रहेका धेरै उद्यमीले समेत नेकसराको प्रशंसा गर्छन् ।

नेकसरा, राष्ट्रिय लघु उद्यमी महासंघकी केन्द्रिय उपाध्यक्ष दिलु घताने लगायतको पहलमा सञ्चालनम आएको साझा सुविधा भवनबाट महिलाहरू विस्थापित भएपनि नयाँ उद्यमीलाई स्थापित गर्न गरिएका प्रयासहरू सुन्दा र प्रत्यक्ष अवलोकन गर्दा निकै आनन्द आउँछ । बिहानदेखि बेलुकासम्म अल्लोको धागोको सहायतामा कपडा बनाउने नेकसराले समय बितेको पत्तै पाउँदैनन् ।

‘यो पेशामा आवद्ध भएको हिजोजस्तो लाग्छ,‘धेरै बर्ष वितिकेको छ’ नेकसराले भनिन् । परिवारका सदस्यमा आर्थिक रुपमा निर्भर हुने उद्यमीले अहिले घरखर्च चलाउने देखि आर्थिक संकलन गर्न समेत सफल भएका छन् ।

उद्यमी नकसराले पनि उत्पादन र बिक्रीबाट रहरलाग्दो आम्दानी गरिरहेको बताउँदै उद्यमीको उत्पादन खेर नजाने र उत्पादन अनुसारको बजार भएकाले आर्थिक रुपमा समेत आत्मनिर्भर हुने गरेको बताउँछन् ।

विद्यालय उमेरबाटै तान बुन्न सिपालु नेकसराले अहिले उत्पादन गरेका साम्रागी बिक्रीका लाािग बजारको कुनै समस्या छैन् ।
अल्लोको कपडाबाट कोट, झोला, पर्स, टोपी, जुत्ता, मनी ब्याग, मोवाइल तथा ल्यापटप राख्ने झोलालगायत दैनिक जीवनमा मानिसलाई चाहिने सबै सामानहरु आकर्षक डिजाइन ग्राहकको रोजाईमा पर्छन् ।

अल्लोबाट उत्पादन गरेका सामानहरु बिक्रीबाटै वर्षमा झण्डै १० लाख रुपैयाँ बराबरको आम्दानी गर्ने गरेको उद्यमी पुनको भनाई छ । उनले महिनामै २५ देखि ७०हजारसम्म आम्दानी गर्नुहुन्छ। कोरोनाको पहिलो र दोस्रो लहरपछि उत्पादनको बिक्रीमा असर गरेभएपनि उत्पादन अनुसारको आम्दानी भने भइरहेको बताईन् ।

अल्लोबाट उत्पादित कोट, झोला, गलबन्दी, जुत्ता, टोपीलगायत सामान नेपालको विभिन्न जिल्लाका साथै विदेशमा निर्यात हुन्छ । पछिल्लो समय अल्लाको कोटको माग अत्याधिक छ भने अहिले जाडो समयका लागि सलको माग धेरै रहेको उनले बताईन् ।

म्याग्दीबाट विभिन्न देशमा गएका म्याग्देलीहरुले अल्लोको उत्पादनलाई रुचाउने गरेकाले विदेशमा समेत कोशेलीको रुपमा लैजाने गरिएको नेकसराको भनाई छ ।

नेकसराले उत्पादनसँगै विभिन्न जिल्लामा पुगेर समेत महिला उद्यमीलाई तालिम समेत दिएकी छन् । बेनीमा अहिले अल्लोका १० जना, कटन ब्यागको १२ जना र ढाकाको १६ जना उद्यमीले उत्पादन गर्ने गरेका छन् । नेकसराले साझा सुविधा भवन बन्द हुदाँ महिलाको लगानी र प्रोत्साहनका बाटोहरु बन्द भएको बताउँदै पुनः सञ्चालनका लागि समेत माग गरेकी छन् ।

Leave a Reply