म्याग्दीको मंगला गाउँपालिका वडा नं १ पूर्णगाउँको जनआवाज आधारभुत विद्यालयले वडाका जनप्रतिनिधि सम्मान गरेको छ। बिहिबार एक कार्यक्रमका बिच वडा अध्यक्ष एवम् गाउँपालिका प्रबक्ता एकजित रोका सहित वडाका जनप्रतिनिधिलाई सम्मान गरिएको हो ।

वडाका जनप्रतिनिधिमार्फत शैक्षिक गुणस्तर बृद्धि सहित सम्रग विद्यालयका बारेमा छलफ समेत गरिएको थियो । सोही अवसरमा वडा अध्यक्ष रोकाले जनआवाजको शैक्षिक, भौतिक एवम् समुदायको सक्रियता लोभलाग्दो रहेको बताउनुभयो । उहाँले समुदायको सक्रियता भएमा र विद्यालयका शिक्षक कर्मचारीले समेत जिम्मेबारी पु्रा गरेमा विद्यालय नुमना हुने बताउनुभयो ।

त्यस्तै दिपशिखा माविका प्रअ डा.नन्दबहादुर खत्रीले सामुदायिक विद्यालयलाई जनप्रतिनिधिको साथ र सहयोगले सहज भएको बताउनुभएको थियो ।

सोही अवसरमा आर्थिक बर्ष ०७८÷८९ को सामाजिक परीक्षण प्रतिवेदन पारित गरिएको छ। जसमा सरकारीतर्फबाट ४५ लाख ७४ हजार ५१८ भएको थियो भने विद्यालय आन्तरिक स्रोततर्फ १४ लाख १४ हजार ५८०, खर्च २ लाख ६४ हजार ५८०, शिक्षा विकास कोषमा ११ लाख ५० हजार २९० रहेको विवरण मायाँकुमारी अर्मजाले सार्वजनिक गर्नुभएको थियो ।

सोही अवसरमा विब्यसको नयाँ ब्यवस्थापन समिति समेत गठन गरिएको छ । जसमा पुनः जितमान गौचनको नेतृत्वमा चयन गरिएको प्रअ प्रअ सुनबहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

Leave a Reply