एघारौँ बेनी बोर्डिङ्ग कपको फाइनलमा बुद्ध एकेडेमी र बेनी सामुदायिक मावि भिड्ने भएका छन् । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिताको आइतबार सम्पन्न सेमिफाइनल खेलमा प्रतिस्पर्धीलाई निकै कसिलो अन्तरले पराजित गदै दुबै विद्यालयले फाइनलको यात्रा तय गरेका हुन् ।

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बुद्ध एकेडेमीले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४ का बिरुद्ध ५ गोल प्रहार गरेको थियो । निर्धारित समयमा गोलरहित भएपछि पेनाल्टी सुटआउटमा बुद्धले पराजित गरेको हो ।त्यस्तै बेनी सामुदायिक माविले लिटल गार्डेन एकेडेमीलाई ०–१ ले पराजित गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा बेनी सामुदायिकले एक गोलले अग्रता लिएको अवस्थामा लिटल गार्डेनले बराबरीको प्रयास गरेपनि असफल भएको थियो । सेमिफाइनमा रोक्दै फाइनलमा प्रवेश गरेको बुद्ध एकेडेमी र बेनी सामुदायिक माविले प्रतियोगिताको च्याम्पियन हुने तयारीमा छन् ।

सेमिफाइनमा पराजित भएका दुबै विद्यालय यसपटकको जेआरसीमा उपाधीका बलियो दावेदार थिए । बुद्ध एकेडमीलाई बेनी सामुदायिकले रोक्ने रणनीति बनाएको छ भने बुद्धले यस पटक पनि उपाधि जित्दै आगामी प्रतियोगितामा ह्याट्रिक गर्न चाहन्छ । फाइनल प्रतियोगिता अगाडी आयोजक विद्यालयका शिक्षक र पूर्व विद्यार्थी बिच खेल हुने विद्यालयका खेलकुद शिक्षक बिनोद घर्ती क्षेत्रीले बताए ।

प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका छन । आधारभुत तहमा निकै लोकप्रिय मानिने प्रतियोगितामा सहभागी खेलाडीहरु नै जेसिज कप सहित जिल्लाका अन्य फुटबल प्रतियोगितामा जम्ने गरेका छन् । प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु २० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १० हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने विद्यालयका कार्यक्रम संयोजक कृष्ण श्रेष्ठले बताए।

Leave a Reply