---Advertisement---

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो

On: September 25, 2022 8:16 PM
Follow Us:

न्यु वेष्ट प्वाइन्टमा बृहत खेलकुद महोत्वस सकियो म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित न्यु वेष्ट पोइन्ट आवासीय माविमा  बृहत खेलकुद महोत्सव सम्पन्न भएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले ट्र¥याकतर्फका खेलकुदका फाइनल खेलहरु कवाज ड्रिल तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि शत्रुभंञ्जन गुल्म अर्थुंङ्गे व्यारेकका मेजर शशांकराज अर्यालले कवाजको सलामी ग्रहण र मसालदिप प्रज्ज्वलन गर्नुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि प्याव्सन म्याग्दीका अध्यक्ष हिरा पुनले जिल्लामा शैक्षिक र खेलकुदको क्षेत्रमा वेष्ट पोइन्टले आफ्नो अग्रता कायम गरिरहेको र आगामी दिनमा पनि यसलाई कायम राख्न शुभकामना दिनुभयो । गत असोज ४ गतेदेखि सुरु भएको खेलकुद कार्यक्रममा कक्षा १ देखि १२ सम्मका ८ सय विद्यार्थीहरु विभिन्न विधामा सहभागी भएको विद्यालयका खेल शिक्षक दिपेन राईले बताउनुभयो ।

समापन कार्यक्रममा राष्ट्रिय सेवा दलको ४८औंं व्याचका विद्यार्थीहरुले खुकुरी ड्रिल र एरोबिक्स प्रदर्शन गरेका थिए । यसैगरी वेष्ट पोइन्ट मंन्टेश्वरीका विद्यार्थीहरुले आकर्षक झाँकी र ड्रिल, कक्षा ८ र ९ का विद्यार्थीहरुको संयोजनमा लाखेनाच समेत प्रदर्शन गरिएको थियो भने अभिभावकहरुका लागि लठो तान्ने प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, संस्थापक निर्देशकहरुको समेत उपस्थिति रहेको थियो ।

वेष्ट पोइन्ट एजुकेशन फाउन्डेशन म्याग्दी प्रालिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष प्रकाश पौडेल, जिल्ला व्याडमिन्टन संघका अध्यक्ष हिमाल कार्कीको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रम विद्यालयका प्रिन्सिपल डीबी दाहालको स्वागत र भाइस प्रिन्सिपल कृष्ण जिसीले सञ्चालनमा सम्पन्न भएको थियो । औपचारिक कार्यक्रमपछि जुनियर तथा सिनियर छात्र र छात्राको रिलेदौड प्रतियोगिता गरिएको थियो । प्रतिकुल मौसमका कारण शनिबार सञ्चालन हुन नसकेको ३ हजार मिटरको दौड भने आज बिहान सम्पन्न भएको विद्यालयले जनाएको छ ।