वैवाहिक वर्षगाठको अवसरमा बेनी नगरकार्यपालिका सदस्य सिर्जना श्रेष्ठले सदरमुकाम बेनीस्थित प्रकाश माविकी विद्यार्थी एवम् खेलाडीलाई सहयोग गर्नुभएको छ । विद्यालयकी पूर्व विद्यार्थी तथा पुर्व खेलाडी समेत रहनुभएकी श्रेष्ठले कक्षा ७ मा अध्ययनरत सुष्मा परियारलाई पोशाक, शैक्षिक सामग्री लगायत करिब ५ हजार ५ बराबरको सहयोग गर्नुभएको हो ।

विपन्न परिवारमा जन्मिएकी परियारको संघर्षको कथा सहित राष्ट्रपति कपमा प्रकाश माविलाई तीन स्वर्ण र एक रजत दिलाएको बारेमा बेनी अनलाइनले समाचार प्रकाशित गरेपछि परियारका बारमो जानकारी पाएको सहयोगदाता श्रेष्ठको भनाई छ । ‘अब निरन्तर सहयोग गर्छु,‘खेल र शिक्षालाई सँगसँगै लैजान सक्ने सहयोग दिन्छु’ श्रेष्ठले भन्नुभयो।

सहयोग हस्तान्तरणको क्रममा तत्कालीन बिरेन्द्र शिल्डमा भलिबल र एथलेटिक्समा विद्यालयलाई पदक दिलाउन सफल भएको र आन्तरिक कक्षा गत छात्रा फुटबल महिला फुटबलमा उत्कृष्ट खेलाडी घोषित समेत भएको स्मरण गदैं खेलकुद क्षेत्रबाट विद्यालयलाई समेत चिनाउन सकिने बताउनुभएको थियो ।

सहयोगदाता श्रेष्ठका ससुरा स्व. लक्ष्मीप्रसाद श्रेष्ठ विद्यालयका जग्गादाता समेत हुनुहुन्छ । सोही अवसरमा सबैले आ–आफ्नो उत्सव र तिथिहरुमा सामाजिक काम गर्न सके समाजको रुपान्तरणमा सहज हुने भन्दै सहयोगदातालाई धन्यवाद समेत दिइएको थियो ।

 

Leave a Reply