आगामी मङ्सिरमा हुने प्रदेश र संघीय चुनावलाई लक्षित गरी म्याग्दीमा प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तनदुरुस्ती परीक्षा भइरहेको छ । म्याग्दी जिल्लामा सुरक्षार्थ आवश्यक म्यादी प्रहरीको लागि खुलाइएको भर्नामा कुल ९८५ जनाले आवेदन दिएकोमा स्वास्थ्य सहितको परीक्षणको काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेस गर्ने पूर्व प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना तथा विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने जनाएपनि म्याग्दीमा भने अवकाश नभई बैदेशिक रोजगार तथा पहिलोपटक जागिरको अवसरको खोजीमा रहेका यूवाहरु रहेका छन् ।

प्रारम्भीक छनौटमा परेकाहरुलाई भर्ना लिइने छ । स्वास्थ्य परीक्षण तथा शारीरिक तनदुरुस्ती परीक्षामा आँखा माइनस २ वा प्लस २ भन्दा बढी कमजोर नभएको, पुरुषको हकमा घटीमा उचाइ ५ फिट २ इन्च, छाती ३१–३३ इन्च, तौल ५० के.जी. र महिलाको हकमा घटीमा उचाइ ५ फिट, तौल ४२ के.जी. भएको तथा गर्भवती नभएको÷नरहेको हुनुपर्ने प्रहरीले जनाएको छ । तस्वीर सौजन्य जिल्ला प्रहरी कार्यालय म्याग्दी

Leave a Reply