म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माविको मिनी राष्ट्रपति कपको झल्को दिने गरी बृहत खेलकुद समापन सकिएको छ । विद्यालयको प्राङ्गनदेखि खुल्लामञ्च र सडक सहित विभिन्न स्थानमा आयोजित करिब डेढ दर्जन बिधाको खेल सञ्चालन गरी जिल्लास्तरीय प्रतियोगिताको शैलीमा समापना गरेको छ ।

शैक्षिक क्षेत्रमा फरक पहिचान बनाएको विद्यालयले खेलकुद विधालाई समेत प्राथमिकता दिएपछि यसपटक जिल्लास्तरमा हुने प्रतियोगितात्मक खेलको अभ्यासको रुपमा समेत लिइएको थियो । विभिन्न विद्यामा आन्तरिक प्रतिस्पर्धामा विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको प्रतियोगिताका संयोजक प्रविण श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार खेलकुद प्रतियोगितामा छात्रछात्रा भलिबल, ३०००, १५०० ८००, ४००, २०० र १०० मिटर दौड, रिले दौड, हाईजंप, लंगजम्प सहित विभिन्न विधाका खेलहरु सञ्चालन गरिएको थियो । प्रतियोगिता अन्तरगत अभिभावक तथा शिक्षकहरुको खेल तथा कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई समेत खेल विधामा आर्कषित गरिएको विद्यालयले जनाएको छ।

‘हामीले जिल्लास्तरीय खेलमा हुने धेरै विद्याहरु सञ्चालन गरेका थियौं,‘यो प्रतियोगिताले खेलाडीको पहिचानमा समेत सघाएको छ’ विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठले भन्नुभयो ।

मिनी ओलम्पिकको झल्को दिने गरी आयोजित प्रतियोगिताले विद्यार्थीमा समेत उत्साह थपिएको छ । यसपटक बेनी सामुदायिक बेनीमा जारी जेआसी कपमा फाइनल तथा विद्यालयस्तरको भलिबल सहित अन्य विधाका खेलहरुमा समेत कडा प्रतिस्पर्धीको रुपमा देखिएको छ ।

Leave a Reply