????????????????????????????????????

एघारौँ बेनी बोर्डिङ्ग कपको उपाधी बेनी सामुदायिक माविले जितेको छ । सोमबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन बुद्ध एकेडेमीलाई २-०ले स्तब्ध बनाउँदै जेआरसी कप जितेको हो । खेलमा अविनाश र अनिसको गोलसँगै अग्रता लिएको बेनी सामुदायिकलाई बराबरी गर्न बुद्ध एकेडेमी असफल भएको थियो । दुबै खेलाडीको गोलले बेनी सामुदायिक नयाँ विजेता बनेको छ ।

म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगितामा निकै प्रतिस्पर्धात्मक खेलमा बेनी सामुदायिकले खेलमैदान भित्र नै रणनीति परिवर्तनलाई बुद्धका खेलाडीले पच्छाउन सकेनन् ।

सेमिफाइनलमा डिफेन्डिङ च्याम्पियन बुद्ध एकेडेमीले न्यू वेष्ट प्वाइन्ट आवासीय माविलाई ४ का बिरुद्ध ५ गोल प्रहार गरेको थियो । त्यस्तै बेनी सामुदायिक माविले लिटल गार्डेन एकेडेमीलाई ०–१ ले पराजित गरेको हो। निकै कसिलो जित निकाल्दै फाइनलका यात्रा तय गरेका थिए । प्रतियोगितामा विजेता र उपविजेताले क्रमश २० हजार, १० हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका थिए ।

????????????????????????????????????

प्रतियोगिता अवधिभर न्यू वेष्ट प्वाइन्ट आवासीय माविका रोजन पुनले ५ गोल गदैं सर्वाधिक गोलकर्ता घोषित भएका थिए भने उत्कृष्ट स्टाईकर प्रविण थापा, उत्कृष्ट मिडफिल्डर राज शेरपुञ्जा, उत्कृष्ट डिफेन्डर अरुण शेरपुञ्जा घोषित भएका थिए । थापा, शेरपुञ्जाद्धय बुद्ध एकेडेमीका खेलाडी हुन् । त्यस्तै बेनी सामुदायिकका उत्कृष्ट गोलरक्षक सस्कार किसान र उत्कृष्ट प्रशिक्षक प्रविण श्रेष्ठ घोषित भएको विद्यालयका खेलकुद शिक्षक बिनोद घर्ती क्षेत्रीले बताए ।

प्रतियोगितामा लिटल गार्डेनका उज्जवल केसी राईजिङ खेलाडी र अनुशासित विद्यालयमा मंगला मावि घोषित भएको थियो। प्रतियोगितामा जिल्लाका विभिन्न १३ वटा विद्यालयले सहभागिता जनाएका थिए । आधारभुत तहमा निकै लोकप्रिय मानिने प्रतियोगितामा सहभागी खेलाडीहरु नै जेसिज कप सहित जिल्लाका अन्य फुटबल प्रतियोगितामा जम्ने गरेका छन् । समापन कार्यक्रममा विद्यालयका संस्थापक एवम् संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, प्रिन्सिपल मोहन अधिकारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, पूर्व विद्यार्थी विनय श्रेष्ठ, इपेन तिलिजा लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply