म्याग्दीको बेनी नगरपालिका-५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा आयोजित विद्यालयस्तरको सर्वाधिक धनराशीको अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधी ज्ञान प्रकाश माविले जितेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा अवस्थित दानाको ज्ञान प्रकाश माविले आयोजक जनकल्याण माविलाई सोझो सेटमा पराजित गदैं उपाधी जितेको हो ।

नेपालीहरुको महान् पर्व विजयादशमीको पूर्वसन्ध्याको अवसर पारेर भलिबल प्रतियोगितामा आयोजक गरिएको थियो । ज्ञानप्रकाश माविका खेलाडीको नियमित अभ्यास, विभिन्न प्रतियोगितामा समेत सहभागी सहितको अनुभवले उपाधी जित्न सहज भएको विद्यालयका प्रधानध्यापक शान्त नेपालीले बताउनुभयो । उहाँले शिक्षासँगै खेलकुद गतिविधिलाई समेत उत्तिकै प्राथमिकता दिएको बताउनुभयो ।

प्रतियोगितामा विजेता विद्यालयलेप्रथम पुरस्कार ७५ हजार, द्वितीय ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्रसहित खेलकुदको विभिन्न विधातर्फ उत्कृष्ट हुने खेलाडीलाई सम्मान गरिएको थियो । विद्यार्थीहरुमा लुकेर रहेको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा विद्यालयहरुबीच एकापसमा मैत्रीपूर्ण सम्बन्ध विस्तार गर्ने उद्देश्यले अन्तरमावि जिल्लास्तरीय भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालयले जनाएको छ । प्रतियोगितामा बेनी नगरपालिकासहित जिल्लाको अन्य स्थानीय तहका विभिन्न १२ वटा विद्यालयहरुको सहभागिता रहेको छ ।

Leave a Reply