भारतमा उपचारार्थ म्याग्दीकी स्तन क्यान्सर पीडित महिलाको उपचारमा आर्थिक अभाव भएको छ । विगत साढे दुईबर्षदेखि स्तन क्यान्सरबाट पीडित मंगला गाउँपालिका वडा नं १ कुहुँ निवासी ३९ बर्षिया मन्जु विकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो । करिब १२ लाखभन्दा बढी खर्च भइसकेको अवस्थामा थप आर्थिक स्रोतको ब्यवस्थापन हुन नसक्दा उपचारमा कठिनाई भएपछि परिवारले सहयोगको याचना गरेका छन् ।

भारतको राजिव गान्धी क्यान्सरमा उपचारथै विकलाई चिकित्सकको निगरानीमा राख्नुपर्ने भएपछि उपचारमा समस्या भएको पीडितका श्रीमान पुस्कर विकले बताउनुभयो । ‘स्वदेश तथा विदेशबाट जुटेको सहयोग, ऋणधनगरी उपचारमा धेरै खर्च भएपनि थप आर्थिक अभावका कारण समस्या भएको छ’ विकले भन्नुभयो । उहाँका अनुसार स्तन क्यान्सरको पहिलो उपचार शल्यक्रिया नेपालमै गरिएको थियो ।

शल्यक्रियापछि अवस्थाअनुसार रेडियो थेरापी सहित अन्य विधिहरुमा महंगो खर्च लाग्ने भएपछि थप उपचारका चरणहरु प्रभावित भएको मञ्जु विक उपचार अभियानका संयोजक भुपेन्द्र बुढाथोकीले बताउनुभयो । उहाँका अनुसार उपचार सम्भव भएकाले थप १२ लाख खर्च लाग्ने भएकाले केही सहयोग जुटाउन सकेमा सहज हुने बताउनुभयो । अहिले किमोथेरापी सहित नियमित चेकजाँच भइरहेको छ ।

पीडित मञ्जुका श्रीमानले यसअगाडी विभिन्न रोगबाट ग्रसित भएकाहरुको उपचारमा आर्थिक सहयोगको नेतृत्व सहित अभियान सञ्चालन गर्नुभएको थियो । बिकको स्तनक्यान्सरको दोस्रो अवस्थामा भएकाले नियमित उपचारपछि निको हुने चिकित्सकको भनाई छ । दोस्रो अवस्थाका बिरामीमध्ये ७० देखि ८० प्रतिशतसम्म र तेस्रो अवस्थाका बिरामीमा ६० प्रतिशतसम्म स्तन क्यान्सर निको हुने सम्भावना रहन्छ ।

Leave a Reply