नेकपा एमालेका केन्द्रिय सदस्य एवम् निवर्तमान प्रतिनिधि सभा सदस्य भुपेन्द्र थापाले आफ्नो कार्यकालमा म्याग्दीमा धेरै काम भएको बताउनुभएको छ । आफ्नो कार्यकालमा बजेट नै नपुग्ने दुर्गम क्षेत्रमा समेत बजेट पुगेको तथा दर्जनौ काम भएपनि प्रचारप्रसार नभएको बताउनुभयो ।

एमाले जिल्ला कमिटी म्याग्दीले सोमबार पत्रकार भेटघाट कार्यक्रमको आयोजनाको अवसरमा बोल्दै निर्वतमान सांसद थापाले आफ्नो कार्यकालमा भएका कामलाई निरन्तरता दिन र जिल्लाको विकासमा यसपटक पनि नेकपा एमालेका उम्मेदवारलाई विजय बनाउनुपर्ने बताउनुभयो ।

उहाँले हिमाली जिल्लामा सुचीकृत गरेको, जिल्लामा सडक, झोलुङ्गे तथा मोटरेबल पुल, खानेपानी, विद्यालय भवन, बजार क्षेत्रको संरक्षण योजना सञ्चालन, विद्युतीकरण, कृषि, पशुपालन र पर्यटनमा पर्याप्त बजेट विनियोजन गरी विकास निर्माणका कामलाई अगाडि बढाएको बताउनुभयो । ‘जिल्लाका सम्भावना भएका सबै क्षेत्रमा बजेट पुगेको छ,‘गलत तर्क गर्नेहरुलाई काम गर्न चुनौत दिन्छु’ थापाले भन्नुभयो । उहाँले सडक, धार्मिक क्षेत्र, खानेपानी, पर्यटन, नदी नियन्त्रण, शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रसस्तै काम भएको बताउनुभयो ।

Leave a Reply