---Advertisement---

म्याग्दीमा बालक बेपत्ता

On: September 27, 2022 12:19 AM
Follow Us:

बेनीमा सोमबार साँझ म्याग्दी नदीले बगाएर एक बालक बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बेनी नगरपालिका-७ मंगलाघाटका ६ वर्षीय यसन पुर्जालाई म्याग्दी नदीले बगाएर बेपत्ता बनाएको हो। साँझ सवा ५ बजे मंगलाघाटको पुरानो झोलुङ्गे पुल नजिकैबाट पुर्जालाई खोलाले बगाएको प्रहरी निरीक्षक राजन ढकालले बताए।

‘खेल्ने क्रममा नदी किनारमा पुगेका पुर्जाको खोजतलास जारी छ,’ उनले भने ‘हालसम्म फेला पार्न सकिएको छैन।’ प्रहरी र आफन्तले खोजी जारी राखेका छन्। म्याग्दी नदी मंगलाघाटदेखि करिब एक किलोमिटर तल आएर कालीगण्डकीमा मिसिन्छ।