बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औ साधारणसभा मंगलबार बेनीमा सम्पन्न भएको छ । साधारणसभाको जेष्ठ सेयर सदस्य अविरकुमार श्रेष्ठ र अंगदकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीले आर्थिक वर्ष २०७८÷०७९ को प्रगति प्रतिवेदन पेश गदै गत वर्ष ९४६ जना सेयर सदस्य रहेकोमा यस वर्ष ७५८ जना थपेर एक हजार ७०४ जना पु¥याएको जानकारी दिनुभयो ।

रु. तीन करोड ७३ लाख २० हजार १०० सेयर पुँजि रहेको सहकारीले गत वर्ष रु. ४३ करोड २६ लाख १० हजार ६०३ निक्षेप संकलन र रु. ४२ करोड ७६ लाख १५ हजार ९९ ऋण लगानी गरेको छ । रु. एक करोड ४७ लाख ३५ हजार २६६ खुद मुनाफा गरेको सहकारीले विभिन्न शिर्षकमा रु. ३३ लाख २० हजार ७२४ राजस्व तिरेको छ । कोभिड १९ का कारण सिर्जित लकडाउनबाट प्रभावित ऋणि सेयर सदस्यहरुलाई रु. २१ लाख १६ हजार ८११ क्र्जाको ब्याज तथा हर्जना छुट गरेको छ ।

सामाजिक उत्तरदायित्व अन्तरगत पौद्ध महिलाहरुले अध्ययन गर्ने उज्यालो वैकल्पिक विद्यालयलाई रु. २५ हजार ५५ सहयोग गरेको सहकारीले ७० वर्ष भन्दा कम उमेरका सेयर सदस्यहरुलाई स्वास्थ्य विमाको व्यवस्था मिलाएको छ । राष्ट्रिय सहकारी बैंकको (केयर) र कोपोमिस सफ्टवेयर प्रयोगमा ल्याएको सहकारीले आर्थिक कारोबार र सेवालाई प्रबिधिमैत्री बनाएको छ ।

साधारणसभाको अवसरमा चन्द्रबहादुर घिमिरेलाई जेष्ठ नागरिक सम्मान, अंगद श्रेष्ठ, अविरकुमार श्रेष्ठ, बेनबहादुर शाही, भेजबहादुर रावल र दलप्रसाद श्रेष्ठलाई बेनी बचत आजीवन साहरा प्रदान गरिएको थियो । उत्कृष्ट कारोबार संस्थागत तर्फ स्मल हेभन मन्टेश्वरी, व्यक्तिगत तर्फ बिन्दु श्रेष्ठ र प्रतिक्षा शर्मालाई उत्कृष्ट कर्मचारी पुरस्कार प्रदान गरिएको थियो । संस्थाका अध्यक्ष रमेश गिरीको अध्यक्षता, उपाध्यक्ष सञ्जयकुमार श्रेष्ठको स्वागत र सचिव माधवप्रसाद रेग्मीको सञ्चालनमा सम्पन्न भएको साधारणसभामा कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply