म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीमाधौलागिरी क्षेत्रकै ठुलो होटल सञ्चालनमा आएको छ । बेनी-जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङतातोपानीमाव्यवसायि राजु हमालले करिब रु ३५ करोडलगानीमा यस क्षेत्रकै ठूलो क्षमताको होटल सञ्चालनमा ल्याउनुभएको हो।

करिब ८ रोपनी क्षेत्रफलको जग्गाव्यवस्थापन सहिततीनबर्षको अवधिमा६ तलाको भवननिर्माण सम्पन्नगरि ‘होटल नेचुरल स्प्रिङ प्रा.लि.’लाई औपचारिक रुपमा सञ्चालनमाल्याइएको सञ्चालकहमालले बताउनुभयो । हमालले यस अघि सदरमुकाम बेनीमा व्यवसाय गर्दै आउनुभएको थियो ।

विजयादशमीको पहिलो दिन घटस्थापनाको दिनदेखि औपचारिक रुपमा सञ्चालनमाल्याइएको होटलमा रोयल, डिलक्स र साधारण गरि तीन स्तरका सुविधा सहितको ५७ वटा कोठाहरुको व्यवस्था रहेको छ । यस होटलमा एक दिनमाकरिब २ सय जनालाई राख्न सकिने क्षमता रहेको प्रा.लिले जनाएको छ ।

‘‘सुरुवातमाहामीले रु २५ करोडको लगानीअनुमान गरेकाथियौँ, कोरोनामहामारी, बन्दाबन्दी, निर्माण सामाग्रीमाभएको मुल्यबृद्धि र भौतिक संरचनाहरुमागरिएको थपपूर्वाधार निर्माणले गर्दा लगानी बढेको छ, हामीले लगानीअनुसारकै स्तरीय सेवा र सुविधाग्राहकलाई दिन्छौँ’’–उहाँले भन्नुभयो । सञ्चालक हमालका अनुसार, होटलको अधिकाँशभौतिक संरचनाको काम सकिएको छ । लिफ्टसहितका केहि उपकरणहरुको जडान कार्य भने भैरहेको छ ।

पार्किङ सहित दृष्यअवलोकनकालागि कृतिम झरना,लगायतकाआकर्षक संरचनाहरु समेत निर्माण गरिएको छ । होटलमा १५० जनाक्षमताको सेमिनार हलतयार गरिएको छ भनेमसाज, क्याफे र लोकल मार्ट समेत सञ्चालनमाल्याउने प्रा.लिले जनाएको छ । सुविधामा समेत स्टार होटलका सुविधाउपलब्धगराउने लक्ष्यलिएको यस होटलको औपचारिक सुभारम्भ संगै आन्तरिक तथाबाह्यपर्यटकहरुले होटल बुक गर्न थालेको सञ्चालकहमालले जानकारी दिनुभयो ।

होटलका सबै कोठाहरुबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खालको अवलोकन समेत गर्न सकिने सुविधा रहेको छ ।
लगानी, पूर्वाधार निर्माण र क्षमताको हिसाबले यस होटललाई धौलागिरी क्षेत्रकै ठूलो क्षमताको मानिएको तातोपानी टोल सुधार समितिका सचिबएवम् पर्यटन व्यवसायि अमृतमान शेरचनले बताउनुभयो ।

‘‘म्याग्दीहुँदै मुस्ताङ आवतजावतगर्ने पर्यटकहरुका लागि यो होटलले निकै ठूलो सुविधालिएर आएको छ, बेनी–जोमसोम सडकखण्डको म्याग्दी क्षेत्रमापर्यटकहरुलाई आरामदायि सुविधा सहितको होटल सञ्चालनमाआउँदा यस क्षेत्रकाअन्यपर्यटकीय क्षेत्रहरुको समेत प्रवद्र्धनमा सघाउ पुग्ने हामीले विश्वास लिएका छौँ’’–उहाँले भन्नुभयो ।

यो होटल सञ्चालनमाआएसंगै भुरुङ तातोपानीबजारमा साना ठूला होटलमा गरि एक रातमाकरिब १ हजार जनालाई राख्न सक्ने क्षमताविस्तार भएको छ । पोखरादेखि कुस्मा, बेनीहुँदै हिमालपारिको जिल्ला मुस्ताङ जाने एकमात्रै सडक बेनी–जोमसोम–कोरला सडकमा पर्ने यस होटलका कारण प्राकृतिकतातोपानीको कुण्डमाआउने पर्यटकहरुको चापबढ्ने र पर्यटकहरुको बसाई व्यवस्थापन र भ्रमण अवधि बढाउन सहयोग पुग्ने अपेक्षागरिएको पर्यटन व्यवसायि शेरचनले जानकारी दिनुभयो ।

Leave a Reply