पछिल्लो केहीबर्ष यता म्याग्दीको पर्यटन ब्यवसायमा देखिएको संकटलाई समाधान गर्न पर्यटन विकासको रणनीति सहित नयाँ गन्तब्यको पहिचान गर्नुपर्ने बताइएको छ। भूकम्प, कोरोना भाइरसरको संक्रमणका कारण पर्यटन क्षेत्र नै थरथर भइरहेको स्थितिमा पर्यटनलक्षित नयाँ योजनालाई प्राथमिकता दिनुपर्नेमा म्याग्दीका सरोकारवाला निकायका प्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छन् ।

आन्तरिक पर्यटन पुनरुत्थान समिति म्याग्दीको आयोजनामा सदरमुकाम बेनीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले म्याग्दीमा बिक्न सक्ने पर्यटनका क्षेत्रहरु पहिचान गरी पूर्वाधार सहितको योजना र ब्यापक प्रचारप्रसार गर्नुपर्ने बताउनुभयो ।उहाँले नयाँ नयाँ गन्तव्य पत्ता लगाइ त्यसको प्रचारप्रसार गर्ने कार्यमा जिससबाट समेत आवश्यक सहयोग हुने बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि राना, बेनी नगरपालिकाका वडा अध्यक्षद्धय उत्तमकुमार कर्माचार्य, रमेशकुमार श्रेष्ठ,सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँ लगायतले नयाँ गन्तब्यले नै अव पर्यटकलाई आर्कषित गर्ने बताउनुभयो।

मुस्ताङ बाहेक छिमेकी जिल्ला पर्वत र बागलुङमा समेत नयाँ पर्यटकीय गन्तब्यले धेरै पर्यटकलाई भित्राउन सफल भएको बताउँदै अबको रणनीति सहितको उपलब्धी हुने क्षेत्रमा ध्यान दिनुपर्ने समितिकी सभापति एवम् नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य बिमला गौचनले बताउनुभयो ।

म्याग्दी जिल्ला पर्यटनको हिसाबले सेन्टरप्वाइन्ट भएपनि पर्यटकको संरक्षण गर्न नसकेको टिप्पणी गदैं अवको तीनै तहको सरकार, पर्यटन ब्यवसायीको भूमिकामा परिवर्तन आवश्यक रहेको गौचनको भनाई थियो । कार्यक्रमको अध्यक्षता गौचन, स्वागत उपाध्यक्ष बाबुराम आचार्य र सञ्चालन सचिव भरत रकालले गर्नुभएको थियो ।

Leave a Reply