अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले जमैकामाथि ३-० गोल अन्तरले पराजित गरको हो ।अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सीले दुई गोल गरे । उनले खेलको ८६ औं र ८९ औं मिनेटमा गोल गरेका हुन् । यसअघि खेलको १३ औं मिनेटमा नै जुलियान अल्भारेजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
जमैकाविरुद्ध दुई गोल गरेसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सबैभन्दा धेरै गोल गर्ने तेस्रो खेलाडी बनेका छन् । उनले अन्तर्राष्ट्रिय फुटबलमा अर्जेन्टिनाको लागि ९० गोल गरेका छन् । यो सूचीमा पोर्चुगलका क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि छन् । उनले ११७ गोल गरेका छन् । दोस्रो स्थानमा रहेका इरानका अलि डाइएले १०९ गोल गरेका छन् ।