महिलाको लगानी र ब्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित नारी जागृति महिला बिकास बहुद्देश्यीय सहकारी संस्थाद्वारा एक दिने क्षमता अभिबृद्धी तालिम सञ्चालन गरेको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक तथा प्राविधिक सहयोगमा संस्थाका संचालक समिति, उपसमिति र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

तालिमको म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले उद्घाटन गदैं सहकारी सञ्चालनमा तालिम सहित विज्ञता आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाको आर्थिक स्तर उकास्न बचत तथा आम्दानीका आधारहरु पहिचान गरी लगानी गर्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा सामाजिक विकास कार्यालयका प्रमुख रमेश थापाले कार्यालयबाट समुदायस्तरमा विभिन्न कार्यक्रममार्फत जोडिने प्रयास भएको बताउँदै रचनात्मक कार्यहरुमा सधै साथ र सहयोग गर्ने बताउनुभयो । उहाँले सामाजिक बिकासमा सहकारीको भूमिका बिषयमा प्रस्तुतीकरण गर्नु भएको थियो ।

कार्यक्रमका प्रमुख प्रशिक्षक राष्ट्रिय सहकारी बिकास बैंक गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सञ्चालक र व्यवस्थापनको काम, कर्तव्य र अधिकार, सञ्चालकहरुको ज्ञान, शीप क्षमताको स्वमूल्याँकन र संस्थाको रणनीतिक योजना सहित सम्रग सहकारीका बारेमा सहजीकरण गर्नुभएको थियो सहकारी संस्थाका अध्यक्ष चिना बानियाँले महिलाहरुको आर्थिक अवस्थालाई सुधारमा सहकारी केन्द्रित रहेको बताउँदै क्षमता विकास सहितका तालिमहरु नियमित सञ्चालन गर्ने बताउनुभयो । तालिममा लेखा समितिका संयोजक पशुपती शाहीको स्वागत र संचालन उपाध्यक्ष दिलु बिटालुको संचालनमा सम्पन्न भएको थियो ।

Leave a Reply