सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा म्याग्दीले विजया दशमीलाई लक्षित गरी सदरमुकाम बेनीमा रहेको मठमन्दिर सरसफाई गरेको छ। बुधबार खुल्लामञ्चमा रहेको भगवती मन्दिर र पदैलयात्री आवतजावत गर्ने बाटो सरसफाई गरिएको छ ।

केन्द्रकी अध्यक्ष पशुपति शाहीको नेतृत्वमा मन्दिर आसपासमा जम्मा भएको फोहोर संकलन तथा बाटो मर्मत गरिएको सदस्य विष्णु गौतम सापकोटाले जानकारी दिनुभयो ।

समुदायमा हुने भगडा, विभिन्न विवाद समाधानमा अग्रसर केन्द्रले समुदायमा आधारित कार्यक्रमहरु समेत सञ्चालन गर्ने गरेको अध्यक्ष शाहीले बताउनुभयो । उहाँले समुदायको आवश्यकता र सहजताका लागि भविस्यमा पनि थप कार्यक्रमहरु गर्ने बताउनुभयो ।

गएको शनिबार १२औं साधारणसभा तथा आठौं अधिवेशनमा चयन भएको नयाँ कार्यसमितिले नेपाल प्रहरी तथा विभिन्न संघसंस्थासँग सहकार्य गर्ने जनाएको छ । समुदायमा मेलमिलापको माध्यमबाट शान्ति स्थापना गर्नका लागि सामुदायिक सेवा केन्द्रले पनि सहयोगी भूमिका निर्वाह गर्ने गरेको छ ।

Leave a Reply