म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार समीक्षा वैठक तथा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । युएसएआईडीको आर्थिक सहयोगमा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमको समीक्षा एवं कार्यसमिति र कर्मचारीहरुबीच अन्तत्र्रिया गरिएको हो ।

सन् २०१६ देखि म्याग्दी जिल्लामा सञ्चालित सुआहारा दोस्रो कार्यक्रमले समुदायका सुनौलो हजार दिनका महिला तथा दुई वर्षमुनिका बालबालिकाहरुको पोषण तथा स्वास्थ्य अवस्थाको गतिविधिबारे अन्तत्र्रिmया र छलफल गरिएको थियो ।

ग्रामीण भेगका महिला र बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउन भए गरेका प्रयासहरुको विषयमा संस्थाका पदाधिकारी तथा कार्यक्रमका कर्मचारीहरुबीच अनुभव बाँडिएको थियो । कार्यक्रममा सुआहारा दोस्रो कार्यक्रमको समीक्षा गर्नुका साथै विजयादशमी–२०७९ को शुभकामना आदानप्रदानसहित मिलन म्याग्दीमार्फत प्रकाशित मिलन ब्रोसर दोस्रो प्रकाशनको अङ्क बिमोचन समेत गरिएको मिलन म्याग्दीले जनाएको छ ।

संस्थाद्वारा हालै प्रकाशित ब्रोसरभित्र मिलन म्याग्दी स्थापना भएदेखि हालसम्म जिल्ला र जिल्लाभन्दा बाहिर पुगेर सञ्चालन गरेका २८ वटा परियोजना, समुदायस्तरमा सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसले पारेको प्रभाव, प्राप्त उपलब्धि तथा सिकाइलगायत विभिन्न गतिविधिहरु समेटिएको छ ।

कार्यक्रमको उद्घाटन तथा ब्रोसरको बिमोचन गर्दै मिलन म्याग्दीका संस्थापक अध्यक्ष दुर्गा कार्की बानियाँले विगतदेखि नै मिलन म्याग्दीले समाज रुपान्तरण तथा परिवर्तनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गदै आइरहेको बताउनुभयो ।

उहाँले राज्य पुग्न नसकेको ठाउँमा पुगेर गैरसरकारी संघसंस्थाले समुदायस्तरमा काम गरिरहेको बताउँदै समुदायमा सञ्चालन गरेका गतिविधिको उपलब्धिहरु धेरै लामो समयपछि मात्रै देखिने बताउनुभयो ।

सोही कार्यक्रममा सुआहारा बागलुङ म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारीले सुआहारा कार्यक्रममार्फत समुदायस्तरमा महिला र पोषणको अवस्था सुधार गर्नका लागि विभिन्न गतिविधिहरु सञ्चालन गरिएको बताउनुभयो ।

धवलागिरि गाउँपालिकाको निवर्तमान अध्यक्ष थमसरा पुनले समुदायमा सुनौलो हजार दिनका बालबालिकाहरुको पोषण तथा स्वास्थ्य अवस्था सुधार गर्नका लागि सुआहारा कार्यक्रमले आवश्यक सहयोग पु¥याएको बताउनुभयो ।

समीक्षा कार्यक्रममा मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमका पालिकास्तरीय तथा सामुदायिक पोषण सहजकर्ताहरुले आ–आफ्नो क्षेत्रमा गरेका कामको अनुभव सुनाएका थिए ।

मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँले उद्देश्यसहित प्रकाश पारेको कार्यक्रम संस्थाका अध्यक्ष कमला थापाको अध्यक्षता र कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त समीक्षा कार्यक्रमको अवसरमा पालिका तथा समुदायस्तमा खटेर काम गरेका पोषण सहजकर्ताहरुलाई मिलन संस्था र कार्यक्रमको तर्फदेखि संस्थाको लोगो अङ्कित मायाको चनो कपसहित प्रशंसापत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

Leave a Reply