खुट्टामा क्यान्सर भएका बालकको उपचारमा आर्थिक अभाव भएको छ । खुट्टामा क्यान्सर पुष्टी भएपछि भरतपुर क्यान्सर अस्पतालमा उपचारार्थ बेनी नगरपालिका वडा नं ३ भकिम्लीका १० बर्षिय लिलाराम बिकको थप उपचारका लागि आर्थिक अभावले समस्या भएको जनाइएको छ । लगातार उपचार गर्नुपर्ने भएपनि आर्थिक अभावले उपचारमा खर्च जुटाउन समस्या भइरहेको पीडित बालकका बुबा काले किसानले बताउनुभयो ।

‘हामीसँग पैसा छैन, समयमै उपचार गरे निको हुन्छ भन्नुभएको छ’ किसानले भन्नुभयो । घरमा सामान्य सम्झिएर उपचार नगरेको अवस्थामा विस्तारै आवतजावतमा समेत समस्या भएपछि उपचारको क्रममा क्यान्सरको संकेत देखिएको परिवारका सदस्यको भनाई छ । पीडित गाउँकै कमजोर आर्थिक अवस्था भएको भन्दै वडा अध्यक्ष पदम पुनले अभियानमा सहयोग गर्न अपिल सहित वडा कार्यालयबाट सिफारिस गर्नुभएको छ । यसैबीच मोना फ्रान्सका सहसचिव महेन्द्र बोहोराले आर्थिक संकलन अभियान भएको जानकारी दिनुभएको छ ।

Leave a Reply