बागलुङ नगरपालिका भित्र संचालन हुने यातायातका साधनले चाडपर्वको अवसरमा १० प्रतिशत गाडी भाडा छुन दिने भएका छन । नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको सवारीसँग सम्बन्ध सरोकारवाला सहितको बैठकले दशै तिहारको अवसरमा गाडी भाडामा छुट दिने निर्णय गरेका छन ।

चाडपर्वलाई लक्षित गरी बागलुङ नगरपालिका क्षेत्रमा संचालन हुने सवारी साधनहरुको मौजुदा भाडा दरमा १० प्रतिशत छुट गर्ने सहमती भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सापकोटाले जानकारी दिइ ।

पछिल्लो समयमा ग्रामिण भेगमा संचालन हुने यातायातका साधनहरुले चर्को भाडा असुल गरेको भन्ने गुनासो समेत आएको थियो । चाडपर्वको अवसर यात्रा गर्न सहज होस भन्ने उद्देश्यले भाडा छुट गर्ने निर्णय गरिएको सापकोटाले बताए । नगरपालिकाले संयोजन गरेर हाल लिई आएको भाडामा छुट गर्ने र चाडपर्व पश्चात भाडा संयोजन गर्ने बताएको छ ।

Leave a Reply