नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य बिमला गौचनलाई पितृ शोक परेको छ । महिला संघ म्याग्दीकी अध्यक्ष गौचनका बुबा ९२ वर्षीय जयप्रसाद शेरचनको आज बिहान ८ बजे उपचारको क्रममा सामाखुशीस्थित अल नेपाल हस्पिटलमा निधन भएको हो । म्याग्दी बहुमुखी क्याम्पसका संस्थापक सदस्यसमेत रहेका उनले राजा विरेन्द्र शाहबाट जनसेवा श्री गोर्खा दक्षिण बाहू पदक प्राप्त गर्नुभएको थियो ।

तत्कालिन समयमा विकास निर्माण सहित राजदरबासँग नजिक शेरचनपञ्चायतकालमा पटक–पटक सांसदको उम्मेदवार हुनुभएको थियो । २० वर्ष सम्म मुस्ताङका राष्ट्रिय पन्चायत सदस्य भएर काम गर्नुभएको शेरचनको निधनले थकाली समाजमा अपुरणीय क्षती भएको थकाली समाजले जनाएको छ ।

स्वर्गीय शेरचनको पार्थिव शरिर बिहान ११ बजेसम्म काठमाडौंको सामाखुशीस्थित घरमा राखिएको थियो । अहिले अन्तेष्टिका लागि म्याग्दी बेनी तर्फ लगिएको परिवारिक स्रोतले जनाएको छ । स्वर्गीय शेरचनका सात छोरी र एक छोरा रहेका छन ।

Leave a Reply