उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ४ नारच्याङ लेकगाउँमा खेलमैदान उद्घाटन तथा पुख्यौली समुहलाई साम्रागी हस्तान्तरण गरिएको छ।अन्नपूर्ण यूवा क्लव उपशाखा लेकगाउँको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष लोकबहादुर फगामीले खेलमैदानको उद्घाटन समेत गर्नुभएको थियो ।

नारच्याङमा निर्माणधिन अवस्थामा रहेको निलगिरी जलविद्युतको वातावरण्ीय प्रभाव मुल्याङनबाट खेलमैदानको ढलानका लागि प्राप्त १० लाखबाट निर्मित ढलान सहितको खेलमैदान उद्घाटनको अवसरमा बोल्दै वडा अध्यक्ष फगामीले यूवाहरुको नेतृत्वमा गाउँमा विभिन्न रचनात्मक कार्यहरु भइरहेको बताउनुभयो ।

उहाँले वडाभित्र विकास निर्माण, सामाजिक एवम् मानवीय सेवाका कार्यहरुमा यूवा क्लवका कार्यहरुलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा लेकबेंसी पुख्यौली समाजलाई क्लवको तर्फबाट दुईवटा मादल सहयोग गरिएको वडा सदस्य श्याम पूर्जाले जानकारी दिनुभयो ।

नारच्याङका विभिन्न कार्यक्रममा पुख्यौली समुह र लेकगाउँ आमा समुहले पुरानो कला र संस्कृतिको जर्गेनामा खेलेको भूमिकाको समेत उच्च प्रशंसा गरिएको थियो । सोही अवसरमा नयाँ जनप्रतिनिधिलाई सम्मान तथा स्वागत र पुरानालाई विदाई गरिएको थियो । कार्यक्रममा समयमै खेलमैदानको ढलान सहितको संरचना बनाउन भूमिका खेलेको भन्दै संयोजक पविन पुर्जालाई सम्मान गरिएको थियो । क्लवको उपशाखा अध्यक्ष रामेश पूर्जाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन राजन थजालीले गर्नुभएको थियो ।

Leave a Reply