म्याग्दीको बेनी नगरपालिका–२ को ज्यामरुककोटमा विकासका पूर्वाधारहरु निर्माण भएपछि पर्यटकहरु आकर्षित हुने अपेक्षा गरिएको छ ।ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, जैविक तथा साँस्कृतिक महत्वले युक्त ज्यामरुककोटमा पदमार्ग, मन्दिर, विद्युत, संचार लगायतका पूर्वाधारहरु निर्माण भएपछि पर्यटक बढ्ने सम्भावना भएको हो ।

सदरमुकाम बेनीबजारदेखि करिब ४ किलोमिटरको दूरीमा अवस्थित ज्यामरुककोटबाट धवलागिरि, निलगिरि, माछापुच्छ्रे, चुरेन, गुर्जा लगायतका नौ वटा हिमश्रृंखला, सूर्योदय तथा वनजंगल र नदीहरूको नागबेली दृश्य देख्न सकिन्छ ।

गण्डकी प्रदेश, बेनी नगरपालिका र वडा कार्यालयको पहलमा कन्थराजको थान र वडा कार्यालयदेखि दुवैतर्फबाट पक्की पदमार्ग निर्माण भएको र सापकोटा बन्धुहरुले आकर्षक दुर्गाभगवती मन्दिर निर्माण गर्न थालेको खड्गभवानी कोत पूजा तथा गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।यस कोतमा ५७४ वर्ष पहिलेका मल्ल र थापा राजाहरुका अभिलेख रहेका छन् ।

तत्कालिन पर्वत राज्य र मल्लकालीन इतिहासको आँखीझ्याल मानिने ज्यामरुककोटको खड्ग भवानी कोतमा पछिल्ला तीन वर्षयता पूर्वाधार निर्माण र प्रचार प्रसारले तीब्रता पाएसँगै यसको महत्व बढ्नुका साथै पर्यटकहरुको आगमनमापनि बृद्धि हुँदै गएको छ ।

Leave a Reply