बैंकहरूले आफ्ना सेवाग्राहीलाई दिने सेवा-सुविधामा परिष्कृत गर्दै परम्परागत रूपमा चल्दै आएको कागजी र भौतिक शाखामा निर्भर बैंकिङलाई आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल माध्यमबाट बैंकिङ सुविधा प्रदान गरिरहेका छन् । सरल, सहज र सुलभ मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका डिजिटल प्रविधिमा आधारित सेवाहरू नयाँ-नयाँ खोज, अनुसन्धान र अनुभवले अझै परिष्कृत हुँदै जानेछन् ।

डिजिटल बैंकिङ संस्थाको आन्तरिक स्वचालन (अटोमेसन) मात्र नभएर भुक्तानी प्रणाली (पेमेन्ट सिस्टम) को स्तरोन्नति पनि हो । नेपालमा वित्तीय पहँुच र समावेशिता अभिवृद्धिका लागि प्रविधिले उपलब्ध गराएको डिजिटल बैंकिङ सेवाको उच्चतम प्रयोग आवश्यक छ । बैंक तथा वित्तीय संस्थाको सङ्ख्यामा भएको वृद्धिसँगै ती संस्थाहरूले प्रदान गर्ने सेवा-सुविधामा पनि प्रतिस्पर्धी वातावरणमा आफ्ना बैंकिङ सेवामा विस्तार गर्नुपर्ने आवश्यकता बैंकहरूमा थपिंदै गएको छ ।

यसको परिणामस्वरूप बैंकिङ प्रणालीमा पनि प्रविधिको आधुनिकतालाई पछ्याउँदै सेवामा विस्तार गर्ने क्रम तीव्र बढ्दै गएको छ । अब बैंकहरू सुरुका दशकहरूमा जस्तो पैसा जम्मा गर्न, निकाल्न, रकमान्तर गर्नका लागि घण्टौं लाइनमा बस्नुपर्ने बाध्यतालाई कमि गर्न एटीएम, क्यास डिपोजिट मेसिन, डेबिट कार्ड, क्रेडिट कार्ड, क्यूआर पेमेन्ट जस्ता प्रविधिको आगमनले बैंकिङ प्रणालीमा सरलताका साथै सहजता ल्याएको छ ।

नेपालमा डिजिटल बैंकिङको इतिहास खासै लामो छैन । सन् २००२ मा कुमारी बैंकले ई-बैंकिङ सेवा, लक्ष्मी बैंकले सन् २००४ मा एसएमएस बैंकिङ सेवाको सुरुवात गरेसँगै डिजिटल बैंकिङको प्रयोग सुरु भएको हो । त्यसपछि क्रमशः बैंकहरूले सेवामा समयानुकूल परिष्कृत गर्दै हालको डिजिटल बैंकिङसम्म आइपुगेको छ ।

कोभिड-१९ ले उत्पन्न विश्वव्यापी महामारीले चुनौती भित्र अवसरको खोजी गर्ने बाध्यात्मक परिस्थिति सृजना गर्‍यो । फलस्वरूप नेपालमा पनि डिजिटल बैंकिङले ठूलो फड्को मार्‍यो । जति समस्या देखा पर्छन् त्यसपछि नै समाधानका उपायहरूको खोजीले अवसर पनि सृजना गरिरहेको हुन्छ । यो तथ्य कोभिड-१९ ले हामीलाई सिकाइ हाम्रो बानीमा समेत परिवर्तन ल्याएको छ । वर्क फ्रम होम, भर्चुअल मिटिङ, ई-लर्निङको हामी परिकल्पना नै गर्न सकेका थिएनौं जो आज सम्भव भयो ।

हाल बैंकहरूको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड स्क्यान जस्ता माध्यमबाट लाइनमा चेक बोकी रकम निकाल्ने, जम्मा गर्ने झन्झट नगरी सरल र सुरक्षित तरिकाबाट कारोबार गर्न सकिने भएको छ । बैंकले आफूले प्रवाह गर्ने सेवा-सुविधा तथा बैंकिङ सम्बन्धी जिज्ञासाहरूको जवाफ दिन आप्fm्नो वेबसाइट, सामाजिक सञ्जालका माध्यमबाट चौबीसै घण्टा आफ्नो खाताको विवरण, मौज्दात, नजिकको शाखा कार्यालय, सम्पर्क न्ाम्बर, एटीएम, ब्याजदर सम्बन्धी जानकारी दिने आर्टिफिसियल इन्टेलिजेन्स सेवा समेत सञ्चालन गरेका छन् । बैंक तथा वित्तीय संस्थाको संस्थागत संरचना, व्यावसायिक रणनीति एवं व्यवस्थापकीय निर्णय प्रक्रियामा समेत प्रविधिले निर्णायक भूमिका खेलेको पाइन्छ ।

नेपाल राष्ट्र बैंकको पछिल्लो प्रदेशगत तथ्याङ्क अनुसार नेपालमा जम्मा बैंक तथा वित्तीय संस्थाका ५ हजार ६५९ शाखाहरूबाट औसत शाखा जनसङ्ख्या करिब ५ हजार २६९ जनामा आइपुगेको छ । निक्षेप खाता सङ्ख्यामा उल्लेख्य वृद्धि भई १ करोड ९१ लाख ११ हजार पुगेको छ । व्यक्तिगत खाताको सङ्ख्या कुल जनसङ्ख्याको ९३.४८ प्रतिशत देखिन्छ तर विभिन्न कारणले गर्दा तीमध्ये करिब ३४ प्रतिशत खाताहरू हाल निष्क्रिय अवस्थामा छन् । प्रदेशगत रूपमा शाखाको उपस्थिति हेर्दा गण्डकी प्रदेशमा सबैभन्दा धेरै शाखा छन् भने कणर्ाली प्रदेशमा कम शाखा भएको तलको तथ्याङ्कले देखाउँदछ ।

लेखक:- आचार्य माछापुच्छे बैंक बेनी शाखाका प्रबन्धक हुन् ।

क्र.स. प्रदेश जनसङ्ख्या शाखा खाता एटीएम इन्टरनेट बैंकिङ मोबाइल बैंकिङ

क्र.स.     प्रदेश  जनसङ्ख्या   शाखा खाताएटीएम      इन्टरनेट बैंकिङ मोबाइल बैंकिङ 
प्रदेश-१४९,४४,०७०८९७२५,०५,३७३१९.७६४.३५३१.६३
मधेश६२,५६,१६६६०९२२,४८,२४४१७.८२३.८७२७.०१
बागमती६४,३७,७८८१९०६७६,१०,१४६२६.११६.४०३३.१२
गण्डकी२५,१९,१३९७६२२०,५४,६३११४.५०१.२७३०.९१
लुम्बिनी५०,९८,२६२९५९२९,२५,१३७१५.५६१.१३३३.१५
कर्णाली१८,०९,७८३२००५,४५,०६२१६.११०.५२३४.५२
सुदूरपश्चिम२९,३१,२६९३६११२,२२,८०९१५.५३०.५८३३.३९
 जम्मा२,९९,९६,४७८५,६९४१,९१,११,४०२२०.३५३.८६३२.०३

स्रोत : ने.रा.बैंक आर्थिक सर्वेक्षण २०२१

Leave a Reply