---Advertisement---

इजाजत प्राप्त हतियार कात्तिक ५ गतेभित्र बुझाउन प्रशासनको अनुरोध

On: September 30, 2022 10:47 PM
Follow Us:

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी ब्यक्तिसँग रहेको इजाजत प्राप्त हतियार कात्तिक ५ गतेभित्र बुझाउनुपर्ने बताएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाद्धारा जारी गरिएको एक सूचनामा अनुमति प्राप्त गरी राखिएका हतियारबाट निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल पुग्न सक्ने भन्दै तोकिएको मितिभित्र बुझाउन अनुरोध गर्नुभएको छ ।

निर्वाचन निष्पक्ष, स्वतन्त्र, विश्वसनीय एवं शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्ने सम्बन्धमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुपर्ने भएकाले जिल्लाभित्र रहेका इजाजत प्राप्त हतियार तोकिएको मितिमा नबुझाएर कानुनी कारवाही गरिने समेत प्रशासनले जनाएको छ ।

यसअगाडी समेत प्रशासनबाट निर्वाचनको अवधिमा इजाजत प्राप्त हतियारहरु निश्चित समयका लागि संकलन गर्ने गरिएको थियो । जिल्लामा इजाजत प्राप्त हतियार लिएका ब्यक्तीहरूले जिल्ला प्रहरी कार्यलय वा नजिकको प्रहरी चौकीमा बुझाउन सक्ने प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरीएको छ ।

इजाजत प्राप्त व्यक्तिहरूले हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हतियार खरखजाना २०१९ ऐन अन्र्तरगत कारबाही गर्ने प्रजिअ रानाले बताउनुभयो। बुझाइएको हतियारहरू निर्वाचन सम्पन्न भएको एक हप्ता पश्चात् लगत कट्टा गरी सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने छ । कतै अवैध हतियार देखेमा वा प्रयोग गरेको पाइएमा प्रहरीलाई खवर गर्न समेत अनुरोध गरेको छ।