एउटा पुरानो उखानै छ,‘काग कराउँदै छ, पिना सुक्दै छ’ यो भनाई सरकारी निकायका गतिविधिमा दुरुस्तै मिल्छ । म्याग्दीको सदरमुकाम जोड्ने बेनी नगरपालिका-८ कालीपुलस्थित मोटरपुल कालीगण्डकी नदीको निरन्तर कटानले जोखिमपूर्णमा परेका खवर विगतमा लगातार प्रकाशित भएपनि पुल संरक्षण सहितका दिर्घकालिन अवस्थामा बारेमा सरोकारवाला निकायले भन्ने भन्दै गर्छन, आफ्नो काम छोडनु हुन्न भनेजस्तै बेवास्था गरेको पाइएको छ ।

म्याग्देली यूवाहरुको सक्रियतामा स्थापना भएको फेसबुक पेज म्याग्दी रुम रिलोडेड( एमआरआर)का एडमिन दिपक शर्माले तस्वीर पोष्ट गदैं तत्काल मर्मतका लागी ध्यानर्कषण गराउनुभयो छ । कालिगण्डकीको कटानबाट जोगाउन पुलको पिलरमा राखिएको टिनको कर्भर फुस्किएको छ भने थपिलर नै नदी कटानले जीर्ण अवस्थामा छ ।

विगत आधादशकदेखि पिलर आसपासका क्षेत्रमा जोखिममा परेपनि सडक बिभाग, स्थानीय तह सहित सरकारी निकायको नजर पुगेको छैन् । भारत र चीनलाई जोड्ने तथा गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड अन्तरगत पर्ने पुलमा दैनिक हेभी सवारीसाधनबाट जलविद्युतका उपकरण सहित भारवन क्षमताभन्दा बढी भएका विकास निर्माणका साम्रागी ढुवानीले समेत जोखिममा परेको अवस्थामा तिब्र गतिमा बग्ने कालिगण्डकी कटानको चपेटामा परेको छ ।

फलामे पाताले बाँधेर संरक्षण गरिएको भएपनि दिर्घकालिन नभएकाले संरक्षणका विषेश ध्यान दिनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । ‘हामीले विगतमा पनि पत्रमार्फत संरक्षणका लागि अनुरोध गरेका थियौं,‘अबपनि ध्यानार्कषण गराउँछौ’श्रेष्ठले भन्नुभयो । दैनिक साना ठुला सवारीसाधन गुड्ने पुलको अवस्थाका बारेमा लागि बेनी–जोमसोम–कोरला सडक आयोजनालाई समेत जानकारी गराइएको थियो ।

कालीगण्डकी करिडोर मालढुंगा–बेनी–जोमसोम–कोरोला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले नयाँ पुल बनाउने काम भएपनि मर्मतका बारेमा आयोजनालाई कुनै बजेट सहित ज्म्मिेबारी नतोकिएको बताउनुभयो । सडकखण्ड अन्तरगत पुराना पुलको अवस्थाको पुनः एकपटक प्राविधिक सहितको टोलीले अनुगमन गर्नुपर्नेमा जोड दिइएको छ । स्थानीयबासीको सरोकारवाला निकायको ‘तै चुप मै चुप’ ले मर्मतमा चासो नपुगेको गुनासो छ ।

Leave a Reply