आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा गठबन्धन गरेका पाच दलिय गठबन्धनले समृद्ध म्याग्दी बनाउन साझा घोषणा पत्र सहित चुनावी मैदानमा जाने प्रतिबद्धतचा जनाएका छन् । आइतबार नेपाली कांग्रेसको पार्टी कार्यालयमा आयोजित बिजया दशमी तथा दिपावली र नेपाल संवत लगायतका नेपाली चाडपर्वहरुको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा सबै पार्टीले बनाएको घोषणापत्रलाई समेटेर गठबन्धनको साझा प्रतिबद्धता पत्र तयार गरिने बताइएको थियो ।

प्रदेश सभा ‘क’ अन्तरगत नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका नेता तथा कार्यकर्ताहरुले समेत संविधानको रक्षाका लागि निर्मित गठबन्धनले म्याग्दीमा आवश्यक पर्ने पूर्वाधार सहित सम्रग विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायत आधारभुत आवश्यकतालाई समेटेर पाँचबर्षभित्र म्याग्दीमा देखिने गरी काम गर्ने प्रतिबद्धता जनाएका थिए । राजनीतिक दलहरुको केन्द्रीय स्तरमा हुन लागेको चुनाबी तालमेलको निर्णय बमोजिम जिल्लामा गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन सक्रिय भूमिका खेल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा नेपकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा संविधानसभा सदस्य गोविन्द पौडेल, नेपाली काँग्रेसका जिल्ला सभापति खमविर गर्वुजा, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जाली, नेकपा एकिकृत समाजवादीका जिल्ला अध्यक्ष कृष्णकुमार विश्वकर्माले स्थानीय निर्वाचनमा गठबन्धनमा भएका कमजोरीबाट पाठ सिक्दै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाए ।

गठबन्धनका जो उम्मेदवार आएपनि सबैको एकमत र एक साथ हुने बताउँदै यसपटक गठबन्धनलाई पराजित गर्न नसक्ने बताएका थिए । नेपाली काँग्रेस प्रदेश निर्वाचन क्षेत्र क का सभापती ओम छन्त्यालको अध्यक्षता र सुजन बरुवालको सञ्चालनमा सम्पन्न कार्यक्रममा गठबन्धनमा आबद्ध दलका जिल्ला स्थित शिर्ष नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यसअगाडी प्रदेशसभा ख अन्तरगत पर्ने मंगला, मालिका र धवलागिरी गाउँपालिकाका अगुवा नेता तथा कार्यकर्ताको उपस्थितीमा दरबाङमा समेत शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।

Leave a Reply