बाइकर्स म्याग्दी नामक समुहले म्याग्दीका विभिन्न पर्यटकीय गन्तब्यलाई चिनाउने अभियान सुरू गरेका छन् । समुहले म्याग्दी जिल्लाभित्रका धार्मिक तथा पर्यटकीयस्थलमा पुगेर बोर्ड अनावरण गरी प्रचारप्रसारमा सघाउने गरेका छन् । बेनी नगरपालिका २ स्थित पर्यटकीयस्थल लभ्लीहिल र अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको नारच्याङ झरनामा बोर्ड अनारवा सहित भिडियोमार्फत स्थानको बारेमा जानकारी गराएका छन् ।

पछिल्लो समय दुबै पर्यटकीय गन्तब्य आन्तरिक तथा बाह्य पर्यटकहरुको रोजाइमा रहेकाले थप प्रचारप्रसारका लागि ब्यक्तिगत खर्चमा बोर्ड राखिएको समुहका संयोजक गोविन्द क्षत्रीले बताए । ‘हामीले जिल्ला चिनाउने अभियानमा एउटा इट्टा थप्ने प्रयास मात्रै गरेका छौ,‘सबै ठाउँमा पुगेर यस्तै रचनात्मक कार्य गर्ने योजना छ’ संयोजक क्षत्रीले भने ।

सदरमुकामबाट ३० मिनेटमै पुग्न सकिने भएकाले पनि पर्यटकको आकर्षण बनेको लभ्लीहिलमा राखिएको बोर्डले त्यहाँ जानेलाई आर्कषित गरेको छ भने पहाडको टुप्पोबाट कलकल गर्दै झर्ने आकर्षक र मनमोहक नारच्याङ झरनामा समेत पर्यटकलाई तस्वीर, भिडियो लिन सहज हुने स्थानमा राखिएको छ ।

समुन्द्री सतहबाट एक हजार ४०० मिटरदेखि एक हजार ७ मिटरको उचाइमा बेनी–जोमसोम मोटरबाटो (कालीगण्डकी करिडोर) अन्तगर्गत कालीगण्डकी नदीको पारि नारच्याङ झरनामा पुगिन्छ । झरनाको मात्रै उचाई ३०० मिटरभन्दा बढी छ। झरनासम्म पुग्न पक्की पदमार्ग निर्माण गरिने, रेलिङ हालिने र व्यवस्थित सिँढीहरु बनाइकाले समेत पछिल्लो समय निकै आर्कषक गन्तब्य बनेको छ ।

Leave a Reply