नेपालीहरुको महान पर्व विजयादशमीको पावन अवसरमा फुकुओकामा आयोजित भलिबल प्रतियोगिताको उपाधी मोना क्यूस्युले जितेको छ । खेल क्षेत्रमा अग्रसर सुपर एट भलिबल क्लबको आयोजनामा क्यूस्यूको तोसु सहरमा फुकुओका केन भित्र लुकेर रहेका खेलाडीहरूको पहिचान गर्ने उद्देश्यले आयोजित दशैं स्पेसल भलिबल लिग मोनाले जितेको हो । खेलमा फुकुओकाका रहेका विभिन्न ७ टिमको सहभागिता रहेको थियो ।

आयोजक सुपर एट बि र मोना क्युस्युको बीच भयको सेमिफाइनलमा मोना क्यूस्यूले जीत हात पारेको थियो भने आयोजक सुपर एट ए र सेभेन स्टार बीच भयको सेमिफाइनलमा आयोजक सुपर एट ले हात पारेको कार्यक्रम संयोजक मिलन छन्त्यलले जानकारी दिए ।

फाइनल खेलमा मोना क्युस्यु र आयोजक सुपर एट ए बीच भयको फाइनलमा मोना क्यूस्युले २५–१७, २५–१८, २६–२४ को लगातार जितमा उपाधि चुम्न सफल भएको थियो । यो सँगै प्रथम हुने मोना क्युस्यु र आयोजकले क्रमसः १ लाख येन र ५० येन सहित ट्रफि, प्रमाणपत्र र मेडल प्राप्त गरेको थियो ।

Leave a Reply